OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र ३, २०७८सुर्खेत
६४८ पटक

३ चैत २०७८, बिहीबार

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले रङ्गहरुले भरिएको पर्व होली (फागु पूर्णिमा) ले साँस्कृतिक सम्बन्ध प्रगाढ पार्न उमङ्ग थप्ने बताउनुभएको छ ।

फागु पूर्णिमा (होली) पर्वको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख परियारले कर्णाली प्रदेशसहित स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । होली विविधतापूर्ण संस्कृतिले भरिपूर्ण नेपालको एक महत्वपूर्ण पर्व भएको जनाउँदै उहाँले यस पर्वले हिन्दु धर्मावलम्बीहरुले पहिचान र मौलिकता बचाउँदै आएको बताउनुभयो ।

प्रदेश प्रमुखद्वारा जारी सन्देशमा भनिएको छः वसन्त ऋतुको आगमनसँगै आपस मेलमिलाप र सद्भावको सन्देश बोकेर आएको होली पर्वले हिँजोदेखि हामीलाई मनोरञ्जन मात्र दिने छैन, मौलिक संस्कृति संरक्षण गर्नुका साथै सबै नेपालीहरुबीच सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न योगदान पुर्याउने अपेक्षा गरेको छु ।”

प्रतिकृया दिनुहोस्