OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ ३, २०७८जुम्ला,
५८९ पटक

जुम्ला, माघ ३ गते

जुम्लाको चन्दननाथ नगरपालिका भित्रका विपन्न बिपन्न महिलालाई एक महिने हातेहोजियारी तालिम दिन थालिएको छ । विपन्न महिलाहरुको आयआर्जनमा सुधार ल्याउनका लागि सामाजिक विकास कार्यालय जुम्लाको सहयोग तथा हिमाली महिला जागरण केन्द्र जुम्लाको आयोजनामा महिला आयआर्जन सम्वन्धी सिपमुलक हातेहोजियारी तालिम दिन थालिएको हो ।

हातेहाजियारी प्रशिक्षक सरस्वती भारतीले एक महिनासम्म महिलालाई ऊन तथा पुनको धागोबाट बुन्ने टोपी र मोजा बुन्न सिकाइने बताउनुभयो । उहाँले भन्नुभयो, एक महिने तालिमले उनीहरु पूर्ण रुपमा बुन्न सिकेपछि आफैले बुनेर टोपी र मोजा बुनेर विक्रीवितरण गरी आर्थिक आयआर्जन गर्न सक्ने छन् ।

सामाजिक विकास कार्यालय जुम्लाका निमित्त प्रमुख प्रेम शाहीले कार्यविधि अनुसार विपन्न तथा आर्थिक रुपमा पछि परेका महिलाहरुको आयआर्जनमा सुधार ल्याउनका लागि सिपमुलक तालिम दिने गरिएको बताए । उनले भने यस्ता प्रकृतिका तालिमबाट सिप सिकेर धेरै महिलाहरु स्वरोजगार बनेका छन् । यो तालिममा सहभागी महिलाले पनि सिप सिकेर स्वरोजगार बन्ने र उनीहरुको आयआर्जनमा सुधार हुने अपेक्षा गरिएको छ ।

 

हिमाली महिला जागरण केन्द्र जुम्लाकी अध्यक्ष छिरिङ ल्यामु लामाले ३ माघदेखि एक महिने हातेहोजियारी सिपमुलक तालिम सञ्चालन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो । विपन्न महिलाको आयआर्जनमा सुधार ल्याउनका लागि यस्ता किसिमका तालिम सञ्चालन गर्नु परेको हो ।

अहिले ग्रामिण महिला असक्षम र अशिक्षित छन् । उनीहरु चुलोचौकोमा सिमित भएका कारण आर्थिक रुपमा असक्षम छन् । अध्यक्ष लामाले भनिन् आर्थिक रुपमा असक्षम भएकै कारण समाजमा घरेलु हिंसाका घटना घट्ने गरेका छन् । विभिन्न सिपमुलक तालिमबाट सिप आर्जन गरी व्यवसाय भएपछि महिलामाथि हुने घरेलु हिंसा न्यूनिकरण हुने अपेक्षा गरिएको छ ।

हातेहाजियारी सिपमुलक तालिममा चन्दननाथ नगरपालिका १० जना महिला सहभागी छन् । एक महिनासम्म तालिममा सहभागी भएर सिप सिक्ने महिलालाई प्रमाणपत्र पनि प्रदान गरिने हिमाली महिला जागरण केन्द्र जुम्लाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्