OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर १४, २०७८काठमाडौं
३०८ पटक

१४ मंसिर २०७८, मंगलबार

नेकपा एमालेको दसौं महाधिवेशनमा पदाधिकारीतर्फ अध्यक्षका उम्मेद्वार भीम रावलले निर्वाचन आयोगले आफ्नो नाम केन्द्रीय सदस्यको उम्मेद्वारमा पनि राखिदिएकोमा आपत्ति जनाएका छन्।

आफ्नो उम्मेद्वारी सदस्यमा नभई अध्यक्षमा मात्रै भएको स्पष्ट पार्दै उनले उनले आफू केन्द्रीय सदस्यको उम्मेद्वार नभएको बताए।

‘सदस्यमा मेरो उम्मेद्वारी नै होइन, उहाँहरुले मेरो नाम सदस्यमा पनि राखिदिनुभएको रहेछ,’ मतदान गरेपछि बाहिर निस्किएका नेता रावलले भने, ‘मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकै छैन, स्वीकार गर्दिनँ।’

उनले यदि आफूले अध्यक्षमा चुनाव हारेको खण्डमा केन्द्रीय सदस्य पनि नरहने बताए।

उनले मध्यरातमा निर्वाचन गर्नु गलत भएकोसमेत प्रतिक्रिया दिए। आफूले कुरेर बरू बिहानैं चुनाव गरौं भनेर सुझाव दिए पनि रातारात निर्वाचन गर्नु व्यवस्थापनको कमजोरी भएको उनले बताए।

सदस्यता नवीकरण, वितरण र पदाधिकारी चयनमा व्यापक रुपमा गलत काम भएको उनले आरोप लगाए। सर्वसम्मत भन्दा निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएको बताउँदै उनले नतिजा आफूले सहज रुपमा लिने बताए।

नेकपा एमालेको दसौं महाधिवेशनमा पदाधिकारीतर्फ अध्यक्ष, उपाध्यक्ष र सचिवमा र बाँकी केही केन्द्रीय सदस्यका लागि मतदान शुरु भएको छ। पटक पटक संशोधन हुँदै सोमबार राति २ बजे तय भए पनि निर्वाचन बिहान ४ बजेपछि मात्रै शुरु भएको हो। सेतोपाटीबाट

प्रतिकृया दिनुहोस्