OnlinePana

आज : २०८१ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र १५, २०७६सुर्खेत
३६० पटक

सुर्खेत, १५ चैत्र २०७६ : नोवेल कोरोना भाईरस ‘कोभिड–१९’ रोकथाम तथा नियन्त्रणाका लागि कर्णाली प्रदेश सरकारद्वारा स्थापित प्रदेश विपद् व्यवस्थापन कोषमा सिद्धार्थ बैंक लिमिटेड शाखा सुर्खेतले रु.१० लाख सहयोग गरेको छ ।

सिद्धार्थ बैंक लिमिटेड शाखा सुर्खेतका प्रबन्धक रञ्जन कोईरालाले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई आज उक्त राशीको चेक हस्तान्तरण गर्नुभएको हो । त्यस्तै,नौमुले गाउँपालिका ३ द्वारी दैलेख निवासी पदमबहादुर विश्वकर्माले व्यक्तिगत रुपमा आजै मुख्यमन्त्री शाहीलाई रु.५१ हजारको चेक हस्तान्तरण गर्नुभएको छ ।
बैंक तथा दैलेख निवासी विश्वकर्माले हस्तान्तरण गर्नुभएको चेक ग्रहण गर्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा राम्रो कामको शुरुवात भएको बताउनुभयो । मुख्यमन्त्री शाहीले भन्नुभयो, “कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा सहयोगगरी यहाँका नागरिकहरुलाई कोरोना संक्रमणबाट बचाउन महत्वपूर्ण काम गर्नुभएको छ, तपाई बैंक तथा जिम्मेवार व्यक्तिप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु ।”

बैंकका सुर्खेत शाखा प्रबन्धक कोईरालाले विश्वव्यापी महामारीका रुपमा फैलिएको ‘कोभिड–१९’ प्रतिकार्यका निम्ति प्रदेश सरकारले स्थापना गरेको कोषबाट यहाँका नागरिकहरुलाई कोरोना संक्रमणको रोकथाममा सहयोग पुगोस् भन्ने ध्येयले सहयोग गरिएको जानकारी दिनुभयो । “आजकै दिन सिद्धार्थ बैंकले कोरोना प्रतिकार्यमा सहयोग पुर्याउन नेपालका सातै प्रदेशका सरकारलाई रु.१० लाखका दरले चेक हस्तान्तरण गरेको छ,” उहाँले भन्नुभयो, “त्यही तालिका अनुसार सुर्खेत शाखाले यहाँको सरकारलाई रु.१० सहयोग गरेको हो ।”

उहाँका अनुसार कोरोना भाईरस प्रतिकार्य तथा रोकथाममा सहयोग पुगोस् भन्ने हेतुले सिद्धार्थ बैंक लिमिटेडले यस अघि कान्तिपुर मिडियासँगको सहकार्यमा रु.१५ लाखदिईसकेको छ । प्रदेश सरकारको विपद् कोषमा व्यक्तिगत रु.५१ हजार सहयोग गर्नुभएका नौमुले गाउँपालिका निवासी विश्वकर्माले कोभिड–१९ को प्रतिकार्यमा लाग्न एउटा नागरिकको पनिभूमिका रहने बोधगरी आफ्नो कर्तव्य पुरा गरेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्