OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,कार्तिक ७, २०७८जुम्ला,
११३६ पटक

कात्तिक ७ गते, कर्णालीमा बिपत र यातायात सेवाको समस्या बिषयमा पहल थालिएको छ ।

प्रदेशसभा सदस्य तथा पूर्व गृहमन्त्री नरेश भण्डारी, पूर्व राज्यमन्त्री गोमा कुँवर, नेकपा माओवादी पार्टी जुम्लामा संयोजक बिरबहादुर कुँवर सहितको अगुवाहरुको टिमले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई कर्णाली हवाई तथा सडक यातायात र भर्खरै भएको बिपतले ल्याएको समस्याका बारेमा भेटेर समस्या सामाधान गर्न जोड दिएको हो ।

सांसद भण्डारी नेतृत्वको टोलीले मुख्यमन्त्री शाहीलाई भेटेर उपलब्ध गराएको पत्रमा अविरल बर्षाका कारण उत्पन्न बाढी पहिरो, डुवानले जुम्ला जिल्लाका विभिन्न भुभागमा अविरल बर्षाका कारण धनजन र वालीनालीको ठूलो क्षेति भएको छ ।

बिपतमा कारण जनजीवनमा उत्पन्न संकट व्यवस्थापनका लागि अविलम्ब राहात र पुनस्र्थापना प्याकेजको विशेष व्यवस्था गर्न तथा बिपत व्यवस्थापन कार्यमा जुटन संघीय सरकार लगायत सम्वद्ध निकाय सँग आवश्यक पहल समन्वय र निर्देशनका लागि समेत अनुरोध गरिएको छ ।

यसैगरी कर्णालीका सम्पूण जिल्लाहरुमा सड्क पहुँच हुन नसकेको र निर्मित सड्क समेत भरपर्दा नहुदा कर्णालीका हिमाली जिल्ला अहिले पनि महंगो, अनियमित, अर्पार्शि हवाई यातायातमा निर्भर हुन वाध्य भएकाले जुम्ला लगायत कर्णाली प्रदेशमा ईटिकटिङ प्रणाली लागु गर्न, नियमित उडान भर्न, पादर्शिता सुनिश्चित गर्न, हवाई क्षेत्रमा देखिएको अनियमितता रोक्न र जुम्ला विमानस्थलको सिघ्र स्तरउन्नति एवं कर्णाली लोकमार्गको अविलम्ब कालोपत्रे अगाडि बढाउन संघीय सरकार हवाई सेवा प्रदायक कम्पनी लगायत सम्वद्ध निकाय सँग आवश्यक पहल, समन्वय र निर्देशनका लागि अनुरोध गरिएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने यि कामका लागि अगाडि बढ्ने प्रतिवद्धता जनाउनु भएको सांसद भण्डारीले जानकारी दिनुभयो । पत्रमा मुख्यमन्त्री शाहीले मुख्यसचिवलाई काम अगाडि बढाउन तोक आदेश समेत गर्नु भएको छ ।

शुक्रवार र शनिवार जुम्लामा हवाई समस्या सामाधान बिषयमा सर्वदलिय, सर्वपक्षिय वैठकले ईटिकटको पहल गर्ने र नियमित फ्लाई बढाउन संघ र प्रदेश सरकारलाई पहल गर्ने निर्णय गरेको भोली पल्टै कर्णाली सरकारलाई पहल गर्न जुम्लाको अगुवाको टोलीले मुख्यमन्त्री शाहीलाई भेटेर पहल कार्य थालेको हो ।

प्रतिकृया दिनुहोस्