OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही फागुन २६, २०७६जुम्ला,
५३७ पटक

खलङ्गा फागुन २४ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले डाक्टर अध्ययनका लागि तयारी अन्तिम चरणमा पुरयाएको छ । डाक्टरका पढाईका् तयारीका लागि आवश्यक पूर्वाधारमा पनि धमा धम लागिरहेको प्रतिष्ठानले जनाएको हो ।
शिक्षण अस्पतालमा डाक्टर तयारीको आवश्यक जनशक्ति, प्रयोगात्मक प्रविधि र विशेषज्ञहरु सहितको तयारी भईरहेको सरोकारवालाहरुलाई जानकारी समेत गरेको छ । प्रतिष्ठानमा डाक्टर तयारीको पूर्वाधारमा अब्बल भएको दावी गर्दै डाक्टर पढाईका लागि पहल गर्न सरोकारवाला निकायहरुलाई अनुरोध समेत गरेको छ ।
प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाले यहाँको एनाटोमी कक्ष, आईसियू, एनआईसियू कक्ष, ईमरजन्सी कक्ष देखी विभिन्न वार्डहरुको स्तरबृद्धि, जनशक्ति आपुर्ति भईरहेको भन्दै प्रदेश सरकार, स्थानीय सरकार र स्थानीय प्रशासन र सरोकारवाला निकायहरुलाई अवलोकन गराएर जानकारी गर्नुभएको हो ।
प्रतिष्ठानका शिक्षाध्यक्ष थापा, डाक्टर अध्यापनका लागि आवश्यक पूर्वाधार तयार गर्न प्रतिष्ठानमा पुगेका प्राध्यापक डा. रामप्रसाद उप्रेती सहितको चिकित्सकको टोलीले प्रतिष्ठानले डाक्टरको प्रयोगात्मकका लागि आवश्यक एनाटोमी प्रयोगशाला, ईमरजन्सी कक्ष, जनरल वार्ड सवै स्तरबृद्धि भएकाले पूर्वाधार लगभग अन्तिम अवस्थामा पुगेको बताएको छ ।
अहिले डाक्टर अध्ययन विद्याथीका लागी आवश्यक जनशक्ति, भौतिक पूर्वाधार, आधुनिक मेडिकल सामाग्री तयार भएको बताईएको छ । प्रतिष्ठानमा सक्कल मानिसका वडि सहितका आवश्यकता अनुसारका अंगहरु समेत कानूनी रुपमा विद्यार्थीको अभ्यासका लागि भित्र्र्याइएको प्राध्यापक डा. उप्रेतीले जानकारी दिनुभयो ।
प्रतिष्ठानले आवश्यक पूर्वाधार तयार भएको भन्दै कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी, जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्की, निमित्त प्रमुख जिल्ला अधिकारी ओम प्रकाश श्रेष्ठ सहित सरोकारवालाहरुले पूर्वाधार सामाग्री तथा सत्रबृद्धि भईरहेका विशेषज्ञ सेवाहरुको अनुगमन गनुभएको छ ।
यस अघि फागुन १ गते चिकित्सा शिक्षा आयोगको टोलीले यहाँ विशेषज्ञ एमजिपि अध्ययनको पूर्वाधारको अवस्था अध्ययन गरि सरकारलाई ३ सिट अध्ययन गर्न सिफारिस गरेको शिक्षाध्यक्ष डा. थापाले बताउनुभयो ।
एमडिजिपी पछि डाक्टर पढाउने प्रतिष्ठानको मुख्य लक्ष्य भएकाले प्रतिषठनले यसको पूर्वाधारमा नेपाल सरकार, कर्णाली प्रदेश सरकार सँग समन्वय गरेर दुर्तगतिमा तयारीलाई जोड दिएको हो । यस अघि काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सातौ सिनेटले प्रतिष्ठानमा एमडिजिपी र डाक्टर अध्ययन गराउने निर्णय सहित बाटो खुला गरेको थियो । प्रतिष्ठान यो गति सम्म आउन सरकारले सवै भन्दा बढि प्रथामिकतामा राखेको भन्दै अव डाक्टर पढाईको पहलका लागि मन्त्री भण्डारीलाई प्रतिष्ठानले दोहोरयाएको छ । आन्तरिक मामिलला तथा कानूनमन्त्री भण्डारीले सरकारले एकविविएस दुर्त गतिमा अगाडि बढाउने र जसका लागि निरन्तर पहल भईरहेको बताउनुभयो ।
अक्सिजन र सिटस्क्यान पनि सूचारु ः
प्रतिष्ठानमा आफ्नै अक्सिनप्लान्ट, व्लडबैंक, एक्सरे, आईसियू कक्ष, एनआईसियू कक्ष, सिटिस्क्यान, प्रयोगशालाले सेवा दिईरहेका छन् । यसैगरी यहाँका महिलाहरुलाई बच्चा सजिलै जन्माउन नसके सल्यक्रिया गरेर धेरै आमाको ज्यान जोगिने गरेको, कर्णाली प्रदेश र पिछडिएको क्षेत्रमा मोवाईल सेवा र विशेषज्ञ डाक्टर समेत खटाईने गरिएको शिक्षाध्यक्ष थापाले जानकारी दिनुभयो ।
यसैगरी प्रतिष्ठानमा अहिले हाडजोर्नी, जनरल सर्जन, स्त्रीरोग तथा प्रसुती , वालरोग, एनेस्थेसिया, मानसिक रोग र मेडिसिन कक्ष, ईमरजन्सी मेडिसिनका विशेषज्ञ सेवाहरु संचाल भईरहेका छन् भने नाक कान घाटी र छाला रोगको सेवालको तयारी भईरहेको बताईएको छ ।

प्रतिकृया दिनुहोस्