OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन २१, २०७८सुर्खेत
६३७ पटक

२१ असोज २०७८, बिहीबार

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश विकासका लागि नीजि क्षेत्रको साथ अपरिहार्य रहेको बताउनुभएको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रु.२२ करोडमा निर्माण भएको ‘कर्णाली मल’ को आज उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले नीजि क्षेत्रको लगानीबाट मल निर्माण हुनु प्रशंसनीय कार्यभएको विचार व्यक्त गर्नुभयो । “सरकारको एक्लो प्रयासले विकास र समृद्धि असंभव छ,” उहाँले भन्नुभयो, “यसका लागि नीजि क्षेत्रको सहयोग अपरिहार्य छ ।”

मुख्यमन्त्री शाहीले सडक निर्माण गर्नु मात्रै विकास हो भन्ने बुझाई नागरिकमा व्याप्त रहेको जनाउनुभयो । रोजगारीसहितको व्यापारिक योजनाबाट आम नागरिकहरुमा सन्तुष्टि दिनु र आर्थिक गतिविधि बढाउनु पनि विकास होे भन्ने बुझ्न सुझाउँदै उहाँले कर्णालीमा विभिन्न क्षेत्रमा लगानी गर्ने लगानीकर्ताहरुलाई अनुकूल वातावरण तयार गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

नीजि क्षेत्रबाट सञ्चालनमा ल्याईएको यो प्रदेशकै पहिलो ‘कर्णाली मल’ को प्रारम्भमा ५० जना युवालाई रोजगारी दिएको मलका प्रबन्ध निर्देशक सुशील शर्माले बताउनुभयो । कर्णालीको सापेक्षतालाई अध्ययन गरी यहाँका नागरिकहरुलाई सस्तो मूल्यमा गुणस्तरीय समान उपलब्ध गर्ने र दशवटै जिल्लामा सुविधा सम्पनन कम्प्लेक्स बनाएर प्राङ्गारिक उत्पादनलाई व्यवस्थापन गर्ने उद्देश्यले मल सञ्चालमा ल्याईएको प्रबन्ध निर्देशक शर्माले जनाउनुभयो ।

उहाँका अनुसार दशैं तिहारलाई लक्षित गरेर खाद्य वस्तुमा दुई र लत्ताकपडालगायत अन्य आइटममा १०–१५ प्रतिशत छुट दिईएको छ । मलले इलेक्ट्रोनिक सामग्रीहरु, भाडाकुडा, लत्ताकपडा, सबै प्रकारका खेलौना बिक्रीवितरणका साथै उपभोक्ताहरुका लागि होटल पनि सञ्चालन गरेको छ ।

यता मलका सञ्चालक भरत ढकालले सम्पूर्ण सामानहरु एकै ठाउँबाट प्रदान गर्ने उदेश्यले यो संरचना निर्माण गरिएको बताउनुभयो । मलमा सामान महंगो पर्छ भन्ने भ्रम छरिएको बताउँदै सञ्चालक ढकालले यहाँ प्राप्त हुने सबै प्रकारका सामानहरु हामीले सस्तो दरमा उपलव्ध रहेको जनाउनुभयो । कोरोना महामारीको कारण औपचारिक सञ्चालनको उद्घाटन नभएको पनि मल गत वर्ष कार्तिक १५ गतेबाट सञ्चालनमा ल्याईएको उहाँको भनाई थियो ।

 

 

प्रतिकृया दिनुहोस्