OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन ३, २०७८काठमाडौं
७४३ पटक

३ असोज २०७८, आईतबार

सत्तारुढ नेकपा एमालेको स्थायी कमिटीमा ७० वर्ष उमेर हद कायमै राख्ने प्रस्ताव पेश भएको छ ।

उपमहासचिव विष्णु पौडेल नेतृत्वको समितिले पेश गरेको विधान संशोधन प्रस्ताव आगामी विधान महाधिवेशनबाट अनुमोदन भए दशौं महाधिवेशन केही नेताहरुका लागि कार्यकारी भूमिकाका लागि अन्तिम हुनेछ ।

एमालेले मंसिर दोस्रो साताका लागि तय भइसकेको छ । यदि त्यसमा कुनै हेरफेर नभए यो महाधिवेशनमा पनि अध्यक्षको उम्मेदवार बन्न केपी शर्मा ओलीलाई उमेर हदले छेक्दैन । २००८ फागुन ११ मा जन्मिएका ओली अहिले ७० औं वर्षमा छन् र, फागुनसम्म प्रस्तावित विधानअनुसार उम्मेदवार हुन सक्छन् ।

ओलीले पटक पटक कक्षा दोहोर्‍याएर नपढ्ने बताएका छन् । तर उनी निकट नेताहरुले पार्टी र सरकारको नेतृत्वमा एक पटक ओलीलाई दोहोर्‍याउनुपर्ने बताउँदै आएका छन् । ओलीबाहेक उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङका लागि पनि यो महाधिवेशन पार्टी नेतृत्वमा पुग्ने अन्तिम अवसर हुनेछ ।

उपाध्यक्ष भीम रावल पनि ६६ औं वर्षमा छन् । २०१२ मंसिर ३० मा जन्मिएका उनी यो पटक पार्टी नेतृत्वमा नपुगे ५ वर्षपछि ११औं महाधिवेशन हुँदा ७० वर्ष कटिसक्ने छन् । यस्तै महासचिव पोखरेलका लागि यो महाधिवेशन नै अन्तिम अवसर हुने भएको छ । २०१० माघ २० मा जन्मिएका उनी हाल ६७ वर्ष पार गरिसकेका छन् । यदि दशौं महाधिवेशनबाट एमालेको अध्यक्ष भएनन् भने अर्को पटक ७० वर्षे उमेर हदका कारण उनले नेतृत्वका लागि प्रतिस्पर्धा गर्न पाउने छैनन् ।

२००९ फागुन २८ मा जन्मिएका नेम्वाङ अहिले ६८ वर्षका भइसके । यदि यो महाधिवेशनबाट नेतृत्वमा पुगेनन् भने अर्को पटक ७० वर्ष उमेर हद पार भइसकेका हुनेछन् । उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली पनि दशौं महाधिवेशन ताका ६८ वर्षका हुनेछन् । नेतृत्वको आकांक्षी अरु नेताका लागि भने अर्को महाधिवेशन पनि अवसर हुने देखिएको छ । अनलाईनखबरबाट

 

प्रतिकृया दिनुहोस्