OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन २, २०७८सुर्खेत
५७० पटक

२ असोज २०७८ शनिबार

जिल्ला प्रहरी कार्यालय सुर्खेतले दुर्लभ वन्यजन्तु एक थान रेडपाण्डाको छालासहित पक्राउ परेका चार व्यक्तिलाई सार्वजनिक गरेको छ ।

आज पत्रकार सम्मेल गरी प्रहरीले पक्राउ परेका रास्कोट नगरपालिका–८ कालिकोटका २८ वर्षीय मनबहादुर बुढा, ठाँटीकाध गाउँपालिका–६ दैलेखका ३३ वर्षीय विष्णु रावत, नारायण नगरपालिका–१० दैलेखका २१ वर्षीय पूर्णबहादुर बस्नेत र २५ वर्षीय नरेन्द्र थापालाई सार्वजनिक गरेको हो ।

वीरेन्द्रनगर नगरपालिका ८ सुर्खेत खजुरास्थित मानसरोवर होटलमा छाला लुकाएर राखेको अवस्थामा विशेष सूचनाको आधारमा शुक्रबार राति ८ः३० बजे उनीहरुलाई पक्राउ गरिएको जिप्रका सुर्खेतका अनुसन्धान अधिकृत (प्रहरी निरीक्षक) कनकबहादुर शाहीले जानकारी दिनुभयो । विशेष सूचनाका आधारमा उक्त होटेलको ११५ नम्बर कोठामा खानतलासी गर्दा खाटको सिरानीमुनि लुकाईछिपाई राखेको काला रंगको हाते छालभित्र रातो खैरो रंगको रेडपाण्डाको छाला (ओखटेपहार)सहित विभिन्न ब्राण्डका पाँच थान मोबाइल बरामद गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार आज र भोलि विदा भएकाले असोज ५ गते बरामद छालासहित नियन्त्रणमा लिईएका चारै जनालाई आवश्यक अनुसन्धानका लागि वन डिभिजन कार्यालय सुर्खेतमा पठाईने र वन ऐन अनुसार कारवाही हुनेछ ।

त्यसैगरी, शुक्रबार राति ११ः०० बजे वीरेन्द्रनगर नगरपालिका २ सुर्खेत भुरेलीस्थित नन्द अधिकारीको घरबाट चार जना जुवाडेलाई पक्राउ गरेको छ । अधिकारीको घरमा कोठा भाडा लिएर बसेका सोही नगरपालिका वडा नं. ३ का ३० वर्षीय हरि रोकायले जुवातास खेलाईरहेको भन्ने गोप्य सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरी निरीक्षक शाहीको नेतृत्वको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा वीरेन्द्रनगर नगपालिका ३ सुर्खेत का ३२ वर्षीय कमल अधिकारी, ३५ वर्षीय शेरबहादुर गौतम, ३० वर्षीय सर्पराज रोकाय र हरि रोकायसहित जुवाखालबाट रु.६५ हजार बरामद गरेको हो ।

पछिल्लो समयमा गाडी जान नसक्ने र बीच खेतमा घर भएकोले हिलोका कारण मान्छे पनि सजिलै नपुग्ने ठाउँ जुवा खेलाउने गरेको पाईएको प्रहरी निरीक्षक शाहीले बताउनुभयो । दुई दिन विदा भएकोले आउँदो सोमबार उनीहरुलाई म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाउने प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्