OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ १२, २०७६सुर्खेत
१०३२ पटक

सुर्खेत, १२ माघ ः कर्णाली प्रदेशमा १० जिल्ला छन् । तर, कर्णाली बुझ्नेहरु भन्ने गर्छन्, कर्णालीमा ११ जिल्ला छन् । उनीहरुको तर्क छ, “कर्णालीका आदिवासी राउटेहरुको आफ्नै जिल्ला छैन् । राउटेहरुको निश्चित भूगोल छैन् । त्यसैले फिरन्ते राउटे समुदायसहितको ११ जिल्ला हो, कर्णाली ।”
फागुन दोस्रो सातादेखि शुरु हुने कर्णाली उत्सवमा ‘कर्णालीका ११ जिल्ला’ भन्ने एउटा सत्र पनि समेटिनेछ । जसमा दक्षिण एशियाकै लोपोन्मुख फिरन्ते जाति राउटे सभ्यताका साथै समग्र कर्णालीको भाषा, साहित्य, कला, संस्कृति र सभ्यतामाथि साङ्गोपाङ्गो बहस हुनेछ । कर्णालीका विविध क्षेत्रको बहस र सवाल उठानका लागि तीन दिनसम्म सञ्चालन हुने ‘कर्णाली उत्सव’मा केन्द्रीत ‘कुडा कर्णालीका’ को मूल आयोजक ऋति फाउण्डेसन हुनेछ ।
उत्सवमा तीनवटा मूल शीर्षकहरु समेटिने छन् । जसमा पहिलो दिनः कर्णालीका बेला, दोस्रो दिन कर्णाली कोट्याउ र तेस्रो दिन ः मान्ठा जुर्मुराउँछन् । यिनी तिनै मूल शीर्षक अन्तरगत विभिन्न विषयमा बहस थालिने छ । उत्सवले उठान गर्ने बहसभित्रका विषयवस्तुलाई आज ऋति फाण्डेसनले पत्रकार भेटघाटमार्फत जानकारी गराएको छ ।
आयोजक ऋति फाउन्डेसनका संस्थापक सदस्य रेशम विष्टले कर्णालीको भाषा, संस्कृति, सभ्यता, पुरातत्वको उत्खनका लागि बहस सृजना गराउने उद्देश्यले कर्णाली उत्सवको आयोजना गर्न थालिएको बताउनुभयो । कर्णाली उत्सवले कला, साहित्यको प्रर्वद्धन गर्ने मात्र नभई विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई उचाइँ दिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
“साहित्य र संवादलाई एकैसाथ प्रर्वद्धन गरिरहेको उत्सवले कर्णालीमा पर्यटनको सम्भावनालाई समेत उर्जा दिनेछ,” उहाँले भन्नुभयो । संस्थापक सदस्य विष्टका अनुसार यहाँका लामा, भोटेहरुको हिमाली संस्कृति, खस आर्य, सुर्खेत उपत्यकाका थारु तथा जंगलमा फिरन्ते जीवनशैली गुजार्ने राउटे समुदायको भाषा, संस्कृति, रहनसहन लगायतका विषयमा वक्ता र दर्शक श्रोताबीच विचार विमर्श चल्नेछ ।
फाउन्डेसनका अर्का सदस्य दिनेश गौतमले उत्सवमा विभिन्न विधालाई समेटेर ‘कुडा कर्नाली’का नामक कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । यसबाट प्रदेशको, सामाजिक, राजनीतिक, आर्थिक उन्नति, विकास र कला साहित्य, भाषा संस्कृतिको प्रर्वद्धनमा टेवा पु¥याउने विश्वास गरिएको उहाँको भनाई थियो ।
“कर्णालीको आर्थिक सम्भावनाहरुको खोजी, सामाजिक अवस्थामाथि विमर्श तथा संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध मजबुत पार्दै सबै तहका सरकारलाई नागरिकप्रति उत्तरदायी बनाउनु कार्यक्रमको मुख्य उद्देश्य हो,” उहाँले भन्नुभयो, “कर्णाली बुझ्ने र बुझ्न चाहनेका लागि उत्सव सन्दर्भ सामाग्रीजस्तै हो, जसले बौद्धिक मन्थन र वाक स्वतन्त्रतालाई प्रर्वद्धन गर्नेछ ।”
कर्णाली प्रदेश सरकारका प्रमु्ख सचिव केवलप्रसाद भण्डारीले कर्णालीको विशेष पहिचान दिने मर्मका साथ हुन थालेको कार्यक्रम प्रदेशको सामाजिक, साँस्कृतिक, आर्थिक समृद्धिमा सहयोग पुग्ने तर्क गर्नुभयो । उत्सवले यसका चरित्र, विशेषता र कठिनाईका बारेमा पनि बोल्नेछ “प्रमुख सचिव भण्डारीले भन्नुभयो, यसले यहाँको नेतृत्वको सोचाईमा पनि कर्णाली परिवर्तन ल्याउनेछ ।
सुर्खेतको प्रमुख पर्यटकीय स्थल बुलबुले उद्यानमा सञ्चालन हुने उत्सव कर्णालीमै पहिलोपटक आयोजना हुन लागेको हो । साइकल ¥याली, देउडा खेलबाट कार्यक्रम उद्घाटन भएसँगै पहिलो सत्र शुरु हुनेछ, कर्णालीका बेला शीर्षकमा । जसमा सरकारका ‘तीन तह–बगाउन्या कर्णालीका वह,’ ‘खसका खासखुस’ विषयमा विर्मश चलाईने र साँस्कृतिक कार्यक्रम (थारु, भोटे, मयुर र हुड्के नाच) सञ्चालन हुनेछ ।
दोस्रो दिन (कर्णाली कोट्याउँ) अन्तरगत कालापहाडका तोडा (धनको थैलो), कर्णाली क्यानाम घुमेर हेर्दा, कर्णालीका कला, संस्कार र समानता, दवाई देवता, भोक र भकारीमा शीर्षकमा बहस हुनेछ । त्यसैगरी, उत्सवको तेस्रो दिन (मान्ठा जुर्मुराउँछन्) अन्तरगत कसरी बन्छ कर्णाली ? साहित्यमा कर्णालीको कथा, कर्णालीको ११औं जिल्ला (राउटे), खस विद्रोह र जागरण, ईतिहास प्रदेश प्राप्ति र विकास जस्ता शीर्षकमा बृहत्तर बहस हुने आयोजक ऋति फाउण्डेसनले जनाएको छ ।
आयोजक संस्थाको अनुसार कार्यक्रमका लागि विभिन्न संघसंस्था, विभिन्न तहका सरकारसंग समन्वय भइरहेको छ । उत्सवमा देश–विदेशमा रहनुभएका कर्णालीपे्रमी चर्चित साहित्यकार, कलाकार, लेखक, पत्रकार, खेलाडी, बुद्धिजीवि एवं विशिष्ट व्यक्तिलाई वक्ताका रुपमा आमन्त्रित गरिनेछ ।
कर्णालीका लेखक माधव चौलागाईले विगतको कर्णालीको मौलिक ईतिहासलाई उत्सवले कोट्याउने र कर्णालीको यथार्थ चित्र प्रस्तुत गर्ने दावी गर्नुभयो । उहाँका अनुसार यसले कर्णाली सरकारको नीति निर्माणमा सहयोग पुग्नुका साथै पर्यटन प्रवद्र्धन र समृद्धिमा सहयोग पुग्ने छ ।
फाउन्डेसनका संस्थापक सदस्य विष्टले उत्सवमा वक्ता करिब १०० जना र दर्शक÷स्रोता हजारौंको सहभागिता रहने बताउनुभएको छ । यसले तीन वर्षदेखि हामी बोलौं, अनि बाटो मोडियो, कर्णाली कचहरीजस्ता सार्वजनिक बहसका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्