OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

राजीनामा बुझाउँदै वामदेवले भनेः तपाईं सुध्रिनुभएन

ओलीकै गलत विचार, प्रवृत्ति र शैलीले पार्टीमा रहन असमर्थ छु

कोरपाटी संवाददाताभाद्र १९, २०७८काठमाडौं
४६६ पटक

१९ भाद्र २०७८, शनिबार

नेकपा एमालेका उपाध्यक्ष वामदेवले पदबाट राजीनामा दिनुभएको छ । शुक्रबार उपाध्यक्ष गौतमले एमाले पार्टी केन्द्रीय कार्यालयमा पुगेर कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा पत्र बुझाउनुभएको हो । ओलीमा कुनै सुधार नदेखिएको टिप्पणी गदैै गौतमले राजीनामा दिनुभएको छ ।

अध्यक्ष ओलीलाई सम्बोधन गरिएको राजीनामा पत्रमा उहाँले लेख्नुभएको छः ुतपाईंको कार्यशैली जनमुखी बनाउन पटक पटक व्यक्तिगत रुपमा सुझावहरू दिएँ। तर, तपाईं सुध्रिनु अलवाअझ बढी व्यक्तिवादी र स्वेच्छाचारी बन्दै जानुभयो।’

संविधानको सर्वोच्चता र कानुनी राज्यको सिद्धान्त पालना नगरेको आरोप पनि गौतमले ओलीलाई राजीनामा पत्रमामार्फत लगाउनुभएको छ ।

ुतपाईंले अवलम्बन गर्नुभएका गलत नीति र विचारअनुसार नचल्दा एकपछि अर्को गरी अपमान गर्ने, कारवाही गर्ने र पार्टीबाट निष्कासनसम्म गर्नेजस्ता स्वेच्छाचारी तथा निरंकुश प्रवृत्ति र शैली अंगाल्नुभयोु, गौतमले पत्रमै भन्नुभएको छ, त्यतिमात्र होइन तपाईंले सम्माननीय राष्ट्रपतिज्यूलाई समेत आफ्ना स्वेच्छाचारी तथा सर्वसत्तावादी नीति र निर्णयहरू कार्यान्वयनका लागि दुरुपयोग गर्नुभयो।ु

राजीनामा पत्रबाटै उहाँले ओलीकै गलत विचार, प्रवृत्ति र शैलीका कारण पार्टीमा रहन असमर्थ भएको पनि उल्लेख गर्नुभएको छ । उहाँले फेरि पनि तपाईँसँगको चार दशक लामो मित्रताका कारण अब उप्रान्त पनि हामी दुई बीचको व्यक्तिगत सम्बन्ध मित्रतापूर्ण रहोस् भन्ने अपेक्षा छ भन्ने भावनासमेत व्यक्त गनुभएको छ । शुक्रबार साँझ थापाथलीस्थित एमाले केन्द्रीय कार्यालय पुगेर कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाएका हुन्।

गौतमले एमाले परित्याग गरे पनि कुन पार्टीमा जाने खुलस्त गर्नुभएको छैन । उहाँनिकट प्रायः सबै नेता समाजवादीमा गइसकेकाले नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा जानसक्ने बताइएको छ।

मदन भण्डारी जीवराज आश्रित र मोदनाथ प्रश्रितसँगै वामदेवसहित पुष्पलाल समूह परित्याग गर्दै बनेको मुक्तिमोर्चा समुह सहित तत्कालिन झापा विद्रोहबाट गठन भएको कोअर्डिनेसन केन्द्र मा.ले.मा समाहित भएका थिए।

संगठन निर्माणको क्रममा उतिबेला सीपी मैनाली, माधव नेपाल, झलनाथ खनाल,अमृत बोहोरा, इश्वर पोखरेल, प्रदीप नेपाल, रत्न कुमार बान्तवा, गोविन्द न्यौपाने लगायत बाहिर रहेर संगठन निर्माण गरिरहेका थिए। उनीहरुले नै २०३५ साल पुस ११ गते मोरङको ग्रामिण इलाकामा सम्मेलन गरि नेकपा (माले) गठन गरेका हुन्।

मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनाली, के पी ओली, घनेन्द्र बस्नेत, मनकुमार गौतम, मनकुमार तामाङ, भीष्म धिमाल, भोगेन राजवंशी, दुर्गा अधिकारी लगायतका झापा विद्रोहका नेताहरु कारावासमा थिए।

ती सबै नेताहरु विसं. २०४० देखि क्रमश २०४५ साल सम्ममा कारावासबाट मुक्त भए। झापा काण्डका बन्दी मध्ये सबैभन्दा धेरै बन्दी जीवन मोहनचन्द्र अधिकारी बिताउनुभयो । १७ बर्ष बन्दी जीवन बिताएका उहाँलाई नेपालको नेल्सन मण्डेलाका रुपमा मानिन्छ ।

प्रतिकृया दिनुहोस्