OnlinePana

आज : २०८३ जेठ २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र १४, २०७८काठमाडौं
१०७३ पटक

१४ भाद्र २०७८, सोमबार

एजेन्सीः चीनले अमेरिकासमेत संसारका सबै देशले तालिबानलाई मद्दत गर्नुपर्ने धारणा व्यक्त गरेको छ ।

चिनियाँ विदेशमन्त्री वांग यीले अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिंकनसँग अफगानिस्तानको परिवर्तित स्थितिलाई मध्यनजर गर्दै संसारका सबै देशले तालिबानसँग सम्पर्क स्थापित गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

चीनको सरकारी समाचार एजेन्सी शिन्हुआका अनुसार उक्त कुराकानीमा वांग यीले वार्ताका साथै तालिबानलाई सक्रिय रुपमा मार्गदर्शन गराउन पनि आवश्यक भएको बताएका छन् । समाचार एजेन्सी पिटिआईका अनुसार वांग यीले तालिबानको नेतृत्व भएको अफगान सरकारको मद्दत गर्नुपर्ने विषय पनि उठान गरे ।

उनले भने, ‘अमेरिकाले अन्तरराष्ट्रिय समुदायसँग मिलेर काम गर्न आवश्यक छ ताकि आफगानिस्तानलाई अत्यावश्यक आर्थिक, मानवीय र जीवनयापनसँग जोडिएका सहयोग दिन सकियोस् ।’

वांग यीले थपे, ‘यो जरुरी छ ताकि नयाँ राजनीतिक ढाँचाको सरकारी संस्थानलाई सामान्य सञ्चालन गर्न सकियोस्, सामाजिक सुरक्षा र स्थिरता स्थापित गर्न सकियोस्, मुद्राको मूल्य ह्रास र मुद्रास्फीतिमाथि अंकुश लगाउन र छिटोभन्दा छिटो शान्तिपूर्ण पुनर्निर्माणको यात्रा सुरु गर्न मद्दत गर्न सकियोस् ।’

प्रतिकृया दिनुहोस्