OnlinePana

आज : २०८१ बैशाख ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र १०, २०७८काठमाडौं
६९४ पटक

१० भदौ २०७८ बिहीबार

अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कार्जाइ अन्तर्राष्ट्रिय विमानस्थल बाहिर आत्मघाती बम विस्फोट गराइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बिहीबार साँझ आत्मघाती बिस्फोट भएको हो । बिस्फोटमा परी हालसम्म ११ जनाको मृत्यु भएको दाबी गरिएको छ।

रोयटर्सका अनुसार विमानस्थलको मुख्य प्रवेशद्वारको केही दायाँतर्फ रहेको अर्को गेट अगाडि बिस्फोट भएको हो । बिस्फोटका बारे अमेरिकाको पेन्टागनका प्रवक्ताले पनि पुष्टि गरेका छन् । अमेरिकालगायत पश्चिमा देश तथा अस्ट्रेलियाले समेत बिहीबार एक सूचना जारी गर्दै काबुल विमानस्थलमा सुरक्षा जोखिम रहेको बताउँदै आफ्ना नागरिकहरुलाई तत्काल विमानस्थल वरपर नजान आग्रह गरेको थियो ।

 

पछिल्लो केही दिन यता तालिबानले अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएसँगै देश छोड्न चाहने विदेशी तथा आमनागरिकको विमानस्थलमा भिड लाग्ने गरेको छ । अफगानिस्तान छोड्न चाहने आफ्ना नागरिकहरुको सुरक्षित उद्धारका लागि अमेरिका लगायत पश्चिमा देशहरुले सेनाको टुकडी नै काबुल विमानस्थलमा तैनाथ गरेको छ । तालिबानी नेतृत्वले अमेरिका लगायतका देशलाई आफ्ना नागरिकहरुको उद्धार गर्नका लागि अगस्ट ३१ तारिखसम्म अन्तिम समय तोकेको छ ।

रोजगारीको सिलसिलामा अफगानिस्तान पुगेका सयौं नेपालीको पनि अन्य देशको सहयोगमा उद्धार भइरहेको छ भने सयौंको संख्यामा नेपालीहरु उद्धारको प्रतिक्षामा छन् । अफगानिस्तानसमेत हेर्ने जिम्मा पाएको भारतस्थित नेपाली राजदूत निलाम्बर आचार्यले उद्धारका लागि काबुल विमानस्थल पुगेका केही नेपाली भने सुरक्षित स्थानमा रहेको ट्वीटमार्फत जानकारी दिएका छन् ।

 

प्रतिकृया दिनुहोस्