OnlinePana

आज : २०८३ जेठ ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र १०, २०७८काठमाडौं
१२८२ पटक

१० भदौ २०७८ बिहीबार

एजेन्सीः अफगानिस्तानमा पञ्जशीरका तालिबान विरोधी लडाकूको उद्देश्य निकै बलियो छ र उनीहरुले तालिबानसँग लड्ने कसम खाएका छन् ।

द टाइम्स अफ इन्डियाले अफगानिस्ताको खामा प्रेसलाई उद्धृत गर्दै यो खबर प्रकाशित गरेको छ । पत्रिकाका अनुसार पञ्जशीरका लडाकूले तालिबानको मुख भुइँमा गाडिदिने बताएका छन् ।

खबरका अनसार एक लडाकुले तालिबानमाथि यसअघिको जीतबारे कुरा गदै भने, ‘हामीले आफ्ना विरोधीको अनुहार भुइँमा गाड्दिँदा हाम्रा सैनिक साथीले हात उठाएर ‘अल्लाह हो अकबर’ को बलियो नारा लगाउनेछन् ।’

यी सबै लडाकू नेशनल रेजिस्टेन्स फ्रन्ट (एनआरएफ) का हुन् जो काबुलमाथि कब्जापछि तालिबानको विरोध गर्नका लागि सबैभन्दा मोर्चा बनेको छ । खबरका अनुसार देशको सेनाले आत्मसमर्पण गरेपछि थुप्रै सैनिक यो संगठनमा समावेश भएका छन् ।

पञ्जशीरका लडाकूले यो इलाकालाई सधैं अन्य शक्तिको हातमा जानबाट रोकेको छ । काबुलबाट ९० मिल उत्तर हिन्दूकुश पर्वतमा रहेको यो इलाका एक उपत्यका हो, जुन चारैतिरबाट पहाडले घेरिएको छ । यो नै यसको विशेषता हो । त्यसैले जब कोही दुश्मन उक्त इलाकामा प्रवेश गर्ने कोसिस गर्छ तब पहाडमाथि राखिएको मेसिनगनले सजिलै निशाना बनाउने गर्छ ।

प्रतिकृया दिनुहोस्