OnlinePana

आज : २०८३ आषाढ २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
संगिता हमाल ठकुरी जेठ ३१, २०८३सिंजा जुम्ला ।
८३ पटक

सिंजा जुम्ला/ जेठ ३१ गते ।  नेपाली भाषालाई जन्माउने ठाउँ आज आफै नबोल्ने अवस्थामा छ। ८०० वर्ष पुरानो खस सिंजा साम्राज्यको राजधानी सिंजा गढि लामाथाडा संरक्षणकाे अभावमा भग्नावशेषमा परिणत हुँदै गएको छ। जुन दरबारबाट ‘खस कुरा’ बोलिन्थ्यो, आज त्यहीँ दरबार क्षेत्रमा ढुङ्गाहरू मात्र चुपचाप सुस्केरा हाल्छन् भने ऐतिहासिक चिनाेकाे रूपमा दरबार क्षेत्रमा रहेको खसहरूकी कुलदेबि कनका सुन्दरी गढिमाई भगवतीकाे मन्दिर अबस्थित छ।
इतिहास अनुसार खस राज्यका प्रमुख संस्थापक राजा नागराज मानिन्छन्। १२औँदेखि १४औँ शताब्दीसम्म खस मल्ल राजाहरूले सिञ्जाबाट विशाल राज्य सञ्चालन गरे। राजा नागराजबाट सुरु भएको यो राज्य पछि शक्तिशाली साम्राज्यका रूपमा विकसित भयो।  पश्चिम नेपाल , कुमाऊँ, गढवाल हुदै काकडासम्म फैलिएको थियो भने उत्तरको भारत तिनाउ नदि सम्म बिस्तार भएको थियो । त्यतिबेला प्रख्यात चारवटा धाम।

• बद्रीनाथ
• केदारनाथ
• छायाँनाथ
• मुक्तिनाथ

तर १४औँ शताब्दीको अन्त्यतिर खस साम्राज्य कमजोर हुन थाल्यो। राजपरिवारभित्र उत्तराधिकारको विवाद, प्रशासनिक कमजोरी र क्षेत्रीय शक्तिहरूको उदयका कारण राज्य टुक्रिँदै गयो। अन्ततः विशाल खस राज्य बाइसे (२२) र चौबिसे (२४) राज्यहरूमा विभाजित भयो। यससँगै सिञ्जा राजधानीको रूपमा आफ्नो राजनीतिक महत्त्व गुमाउन पुग्यो।
सिंजा साम्राज्यमा चट्टानहर१३औँ शताब्दीका देवनागरी लिपिका अभिलेख भेटिएका छन्। यिनै अभिलेखहरू नेपाली (खस) भाषाका प्रारम्भिक लिखित प्रमाण मानिन्छन्। त्यसैले सिञ्जालाई नेपाली भाषाको जन्मस्थल भनिन्छ।

लुम्बिनीमा करोडौं र पशुपतिनाथमा अर्बौं लगानी हुँदा नेपाली भाषाको उद्गमस्थल सिंजामा भने शून्य लगानी हुनु विभेद भएको स्थानीय युवाको गुनासो छ। स्थानीय युवा सिंजाका बासिन्दा भन्छन्, “नेपाली भाषालाई जन्माउने ठाउँ आज आफै नबोल्ने अवस्थामा छ। हामी बोल्दैनौं भने को बोल्छ?”

लुम्बिनी र पशुपतिनाथमा जस्तै सिंजामा पनि ‘सांस्कृतिक पर्यटन’ को विकास गर्न सके स्थानीयको आयस्रोत बढ्ने र इतिहास पनि जोगिने स्थानीय युवाको भनाइ छ।
स्थानीय सरकारदेखि संघीय सरकारसम्मको बेवास्ताले गर्दा ‘खस सभ्यता’ लोप हुने अवस्थामा पुगेको भन्दै स्थानीयले आक्रोश पोखेका छन्। पुरातत्व विभागको तथ्यांक काे पनि अहिलेसम्म नजर परेकाे छैन। गत पाँच आर्थिक वर्षमा सिंजा दरबार क्षेत्र संरक्षणका लागि छुट्टै बजेट विनियोजन नै भएको छैन।

अब के गर्ने ?
सरकारले तीन काम तुरुन्तै गर्नुपर्छ
१. दरबार क्षेत्रलाई पुनः संरक्षण गर्ने
२. शिलालेख,गुम्बाको वैज्ञानिक संरक्षण गर्ने
३. स्कुलको पाठ्यक्रममा सिंजाको इतिहास अनिवार्य गर्ने

दिर्घकालिन काम :
१. संघीय तहमा अडकिरहेकाे सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक पारित गर्नुपर्छ ।

हामी बोल्दैनौं भने सिंजाको इतिहास कसले बोल्छ?” प्रश्न स्थानीयको मात्र होइन, हरेक नेपालीको हो।

नेपाली भाषालाई जन्म दिने आमाको मुखमा आज राज्यलले टेप टाँसिदिएको छ। बेवास्ता गरेको छ। त्यही आमा हो सिंजा उपत्यका, सिंजा दरबार क्षेत्र,सिंजा साम्राज्य ।

प्रतिकृया दिनुहोस्