OnlinePana

आज : २०८१ मंसिर ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ७, २०८१जुम्ला
१५९ पटक

गुठिचौर गाँउपालिकाको स्वार्ग भुमि गुठिचौरमा दलित ऐकवद्धताका लागी सयुक्त भेला सम्पन्न भएको छ । गुठिचौर गाँउपालिकामा जातिय सवालका विषयमा ऐकवद्धताका लागी दलित अगुवाहरुको सयुक्त भेला भएको छ । दलितले दलितका साझा सवाल सवैको भएकाले एक भएर अघिवढ्ने साझा प्रतिवद्धता गरेका छन । हरेक समस्या परेमा सेवा भावका साथ अगाडि वढ्ने वताएका छ्न। दलित अधिकारको रक्षा गर्दै जातीय भेदभावको पूर्णरुपमा अन्त्य सहित दलितहरुलाई राज्यको मूल प्रवाहीकरणमा सामेल गराउनुपर्ने हो । दलित अभियान्ताहरुको एकीकृत धारणा पाएको छैन ।

दलित सेवा संघका केन्द्रिय सदस्य तथा दलित अगुवा मनसुर सुनारले जातिय सवालका विषयमा वोल्नका लागी एकताबाट मात्रै सम्भब भएको वताउदै, एकता ठुलो बल भएको वताउनुभयो । समाजमा लामो समयदेखि उत्पीडनमा रहेको भन्दै दलित एकता आश्यकता रहेको दलित अगुवा सुनारले वताउनुभयो । दलित मुक्तिका लागि एकताको सन्देश जुम्लाबाट दिनुपर्ने उहाँले वताउनुभयो । उहाँले समाज बदल्नको लागी सबै एकजुट हुन आवश्यकता रहेकोमा जोड दिनुभयो । दलितको हितको लागी दलित युवा उर्जाशिल हुनुहुन्छ, युवा परिवर्तन गर्नमा आफु विश्वस्थ रहेको वताउनुभयो ।

कार्यक्रम दलितको हितका लागी दलित सेवा संघ २०५६ सालमा निमार्ण गरेको उहाँको भनाई छ । दलितको हकहितका लागी सधै लागेको वताउनुभयो । जुम्लाका २२ सय दलितको लागि निशुल्क सोलारको पैसा निमुखा दलितको लागी जोखिम मोलेर काम गरेको पनि उहाँले वताउनुभयो । अगुवा सुनारले जातिय एकता भए मात्र न्याय र दलितको विकास हुनेमा जोड दिनुभयो ।

त्यस्तै, जातिय सवालका मुद्धामा एकता हुनुपर्ने देखिएको गुठिचौर गाँउपालिका गाँउकार्यपालिका सदस्य देउराम नेपालीले वताउनुभयो । उहाले भनुभयो, गुठिचौर गाँउपालिकाका वडा नं.१ देखि ५ सम्मका दलितको निशुल्क स्वास्थ्य विमाका लागी भनेर आर्थिक वर्ष २०८०÷०८१ मा १२लाख छुट्एपनि कार्यन्वय गर्न नदिएको उहाँको भनाई छ। आफु सरकारमा रहेपनि दलितको विषयमा कार्यपालिका कुरा राखेपनि वहुमत नभएका कारण समस्या समधान नभको नेपालीले वताउनु भएको छ। पाटिको झण्डा बोकेर दलितको अधिकारको लागि लडन नसक्ने उहाँको भनाई छ । दलित एकताको लागी दलित सेवा संघले नेतित्व लिनुपर्ने उहाँले वताउनुभयो । अवका युवामा चेतनाको विकास हुन जरुरि रहेको वताउनुभयो ।

त्यस्तै, जुम्ला जिल्लामा ६० हजार दलितको अन्तर जातिय विवाह भएको मध्य १० प्रतिशत सफल भएको दलित निवर्तमान वडा अध्यक्ष तथा अगुवा चन्द्र वहादुर नेपालीले वताउनुभयो । विचार मन फिउजन गर्न र एकताले विकास हुने उहाँले वताउनुभयो । उहाँले भनुभयो, दलितको हकहितका लागी दलित नै लाग्नुपर्ने वताउनु भएको छ । उहाँले पाटि भन्दा माथि उठेर काम गर्ने उहाँको भनाई थियो। उहाँले विभेदमा परे पीडितले कानूनी उपचार खोज्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै, दलितको हरेक विकासमा आर्थिक जोडिएकोले यसमा बलियो हुन आश्यकता रहेको पुर्व दलित सेवा संघका अध्यक्ष तथा अगुवा श्रीकृष्ण कामीले वताउनुभयो । उहाँले भनुभयो, सवैको साझा भएर अभियान गर्ने र विकास गर्नका लागी असल विचार आवश्यकता रहेकोमा जोड दिनुभयो । वषौदेखि उत्पीडनमा रहेको दलित समुदायका कथाव्यथा बाहिर ल्याउनुपर्ने आवश्यकता रहेको अगुवा श्रिकृष्ण कामीले औंल्याउनुभयो । सदियौंदेखि पिल्सिएको दलित समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउने दायित्व राज्यको रहेको उहाँले बताउनुभयो ।

त्यस्तै, दलित सेवा संघका सचिव तथा दलित अगुवा राम वहादुर नेपालीले ‘दलित समुदाय वर्षौदेखि उत्पीडनमा परेको वताउदै, यसको मुक्ति यति सहजै सम्भव नभएको वताउनुभयो । ‘यसका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको नेपालीले वताउनुभयो । उहाँले भनुभयो, हरेक दलितसँग अलग–अलग कथा छन्, त्यस्ता कथाव्यथा बाहिर ल्याइनुपर्ने वताउनु भएको छ । तपाईहरूको कलमले दलितका त्यस्ता कथाव्यथालाई सार्वजनिक गर्नुपर्छ उहाँले भनुभयो ।’

त्यस्तै, महिलालाई घर भित्रमात्रै सिमित नराख्न र सार्वजनिक कार्यक्रमा समावेश गराउन दलित सेवा संघ केन्दिय सदस्य तथा समाजिक अभियान्ता मंगला कामीले वताउनुभयो । महिलाहरुले जन्मदेखि मृत्युसम्म हिंसा व्यहोरी रहेको र त्यसमा पनि दलित समुदायका महिलाहरु बढी पीडित भएको उहाँले बताउनुभयो । पहिले भन्दा अहिले महिलाका संवालमा केहि परिवर्तन भएको उहाँले वताउनु भएको छ। पछिल्ला वर्षमा दलित समुदायले विभिन्न अधिकार पाएपनि दलितमाथि हुने हिंसा घट्दै गएको मंगला कामीको भनाई छ । सरकारका पदमा ‘दलित समुदायको सहभागिता बढेको छ, तर निर्णायक भूमिकामा दलित सहभागिता नहुदा समस्या भएको उहाले वताउनु भएको थियो ।

त्यस्तै, दलित समाज कस्तुरिको विना भएको र क्षमताको पहिचान नगर्दा पछि परेको दलित अगुवा लक्ष्मण सुनारले वताउनुभयो । उहाँले दलित कलाकृति निमार्ण देखि हरेक काम अबल भएको ठोकुवा गर्नुभयो । हरेक विकासमा दलित समुदाय जोडिएपनि काम सकिएपछि पोत्साहन नदिने गरेको उहाँको भनाई थियो । सामाजिक बिकास र मानवीय विकासले मात्रै समृद्धि हासिल गर्न सकिने लक्ष्मण सुनारले बताउनुभयो । उहाँले दलित महिलाहरु आफ्नो हक अधिकारको लागि हरेक क्षेत्रमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

खासगरी धारा २४ जसले छुवाछूतविरुद्धको मौलिक हक प्रदान गरेको छ भने धारा ४० ले आर्थिक तथा सामाजिक अधिकारको ग्यारेन्टी गरेको छ। तर धेरै प्रावधानलाई कानुन बनाएर वा कानुन बमोजिम भनिएको हुँदा अहिले ती संवैधानिक व्यवस्था ’आकाशको फल आँखा तरी मर’ जस्तो भएको छ।

प्रतिकृया दिनुहोस्