नेपाली भाषाको उदगम स्थल जुम्ला सहित कर्णाली क्षेत्रमा स्थानीय स्तरमा बोलिचालीमा आउने खस भाषा लेखन शैलीको संस्करण मस्यौदा तयार गरिएको छ ।
मातृभाषा केन्द्र नेपालको आयोजनामा जुम्लामा आयोजना गरिएको “ खस जुम्लीभाषा लेखन शैलि पुनरावलोकन गोष्ठीमा” तयार पारिएको मस्यौदामाथी छलफल समेत गरिएको छ ।
मातृभाषा केन्द्र नेपालका संयोजक सुशिल सुब्बा, परामर्शदाता नेत्रमणि दुमीराई सहितको टोली र स्थानीय भाषा सँग जानकार व्यक्तिहरु र पत्रकारहरुको सहभागितामा मस्यौदा माथी छलफल समेत भएको हो । पहिलो पटक आवश्यक समन्वय, दोस्रो पटक जुम्ली खस भाषाका शब्द, उखान टुक्काहरु वृहत छलफल सहित संकलन गरिएको थियो । यसैगरी जुम्लामा तेस्रो पटक भने मातृभाषा केन्द्रको सहयोगमा मस्यौदा तयार गरि छलफलमा आएको हो ।
मस्यौदालाई अन्तिम रुप दिन तथा कार्यान्वयनका लागि भने अव अघि बढ्ने कार्यशालामा सहभागि सवैले प्रतिवद्धता जनाएका छन् । मस्यौदालाई स्थानीय सरकारसँग छलफल, वहश, स्थानीय पाठ्यक्रममा समावेश गर्न जिल्लाका विभिन्न स्थानहरुमा दुईदिने कार्यक्रमहरु हुने मातृभाषा केन्द्रका संयोजक सुशील सुब्वाले जानकारी दिनुभयो । स्थानीय भाषाका जानकार तथा नेपाली भाषामा लामो समयमा शिक्षण गर्नुभएका लोकराज चौलागाईले स्थानीय खस सभ्यता झल्काउने लिखित दस्तावेज ल्याउन आवश्यक भईरहेको समयमा मस्यौदा खस जुम्ली भाषाको मस्यौदा तयार हुनु निकै राम्रो भएको बताउनुभयो । उहाँले संस्थागत रुपमा अगाडि बढेर यूवा पुस्ताले काम गर्न आवश्यक रहेको बताउनुभयो । सिंजा गाउँपालिका निवासी पूर्णप्रसाद धितालले अवको पुस्तामा खसभाषा हराउदै गएको समयमा यसको जगेर्ना गर्न आवश्यक रहेको भन्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । लोपभएको भाषालाई उजागर गर्न मस्यौदाले ठूलो सहयोग गर्ने भन्दै यसको कार्यान्वयनमा र लेखन शैलिमा अगाडि बढ्न स्थानीय सरकारलाई जिम्मेवार बनाउन आवश्यक रहेको बताउनुभयो ।
तयार पारिएको मस्यौदामा देवनागरिकमा भएका ३९ व्यान्जन मध्य २९ र ६ वटा श्वर बर्ण प्रस्तावित गरिएको छ । यसैगरी मस्यौदामा खस भाषामा वोलिने अगाडि पछाडि र विचका विभिन्न सयौ शब्दहरु संकलन सहितको लेखनशैलि संस्करण मस्यौदा अगाडि सारिएको हो ।
यस अघि सामान्यतया खस भाषामा सामान्य तथ वोलिचालीमा स्थानीय स्तरमा निरन्तरता भईरहेता पनि लेखनशैलिमा निकै कमी भएका कारण अव यो संस्करण कार्यान्वयनमा ल्याउन जोड गरिएको हो ।
कोरपाटी संवाददाताआश्विन २८, २०७५काठमाडौं
२१६८ पटक
- ज्येष्ठ र अपाङ्गता पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री
- सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धीको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन जुम्लामा हुँदै
- कर्णालीमा ‘औद्योगिक प्रदर्शनी प्रतियोगिता’ भोलिदेखि
- लोकतन्त्रको विकासमा प्रेसजगत्को अहम् भूमिकाः मुख्यमन्त्री कँडेल
- अब हाम्रो अभिभारा जनताको अवस्था बदल्नेः मुख्यमन्त्री
- थेल्स, टेस्ला र नरेश