OnlinePana

आज : २०८३ जेठ ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ३२, २०७९सुर्खेत
६६२ पटक

३२ असार २०७९, शनिबार

उच्च अदालत सुर्खेतका मुख्य न्यायधीश शेषराज सिवाकोटीले कर्णालीमा मुद्दा फछ्र्यौट प्रगति उत्कृष्ट रहेको बताउनुभएको छ ।

उच्च अदालत सुर्खेतद्वारा शुक्रबार आयोजित चालु आव.२०७८÷०७९ को वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्य न्यायधीश सिवाकोटीले तल्लो कर्णालीका पाँच जिल्लाहरुको मुद्दा फछ्र्यौैट प्रगति हेर्दा लक्ष्य भन्दा माथि नै रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले जनता मुख्यतः जनतालाई न्यायको अनुभूति दिलाउने हो । हामीले त्यसैमा दत्तचित्त भएर लाग्नुपर्दछ ।”

उच्च अदालत सुर्खेतका बरिष्ठ न्यायधीश माधवप्रसाद पोखरेलले सर्वोच्चको पञ्चवर्षीय रणनीति मुताबिक कार्ययोजना बनाएर अघि बढिएको बताउनुभयो । उहाँले उच्च अदालत सुर्खेतले लक्ष्य भन्दा १७१ प्रतिशत प्रगति गरेको र तल्लो कर्णालमिा पाँच जिल्लाको मुद्दा फछ्र्यौट प्रगति पनि अपेक्षाकृत भएको जनाउनुभयो ।

उच्चकै न्यायधीशद्वय पुनसिंह चन्द र लेखनाथ ढकालले पञ्चवर्षीय रणनीतिक योजना अनुरुप बनाइएको लक्ष्य र उद्देश्य पुरा गर्न भोग्नु परेका समस्या, चुनौति र भावी बाटो के भन्ने कुराको अनुभव अनुभूति आदानप्रदान गर्न वार्षिक समीक्षाले सहयोग पुर्याउने धारणा राख्नुभयो ।

कर्णाली प्रदेश सरकारका मुख्यन्यायधिवक्ता ध्रुवकुमार श्रष्ेठ कर्णालीमा न्यायधीशहरुले लक्ष्यमा अग्रसर भएर जनतामाझ न्याय दिएको भन्दै कृतज्ञता प्रकट गर्नुभयो । पाँच जिल्लाका न्यायधीशहरुको प्रतिनिधित्व गर्दै सुर्खेत जिल्ला अदालत सुर्खेतका न्यायधीश डा.राजेन्द्रप्रसाद आचार्यले मुद्दा फछ्र्यौट हुनुमा सहायक तत्व र हुन नसक्नुमा कारक तत्वले काम गरेको टिप्पणी गर्नुभयो ।

उहाँले अब न्यायधीशहरुले न्याय सम्पादनको कार्य प्रणालीको ढाँचामा परिवर्तन ल्याउनुपर्ने उहाँको भनाई थियो । नेपाल बार एशोसियसनका केन्द्रीय उपाध्यक्ष उत्तमप्रसाद आचार्यले न्यायसम्पादन प्रणालीलाई समयानुकूल बनाउँदै लैजानुपर्ने र यो जनहितमा हुनुपर्नेमा जोड दिनुभयो ।

उक्त वार्षिक समीक्षामा उच्च अदालतका सुर्खेतका रजिष्ट्रार अर्जुनप्रसाद कोइराला, सल्यान जिल्ला न्यायधीश सुदीप पाण्डे, दैलेख जिल्ला न्यायधीश दण्डपाणि लामिछाने, रुकुमपश्चिम जिल्ला न्यायधीश विद्याराज पौडेल, जाजरकोट जिल्ला न्यायधीश यज्ञप्रसाद आचार्य र पाँच जिल्लाका श्रेस्तेदार अधिकृतहरुको सहभागिता रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्