OnlinePana

आज : २०८३ साउन १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन १, २०८३काठमाडौं
४ पटक

१ असार २०८३, शुक्रबार

कर्णालीको सडक पूर्वाधारको अवस्था अनुगमन तथा निरीक्षण गर्न पूर्वाधार विकासमन्त्री सुनिल लम्साल आज कालीकोट पुग्नुभएको छ ।

सडकको अवस्थाबारे आज सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुखसहित कर्मचारीहरुसँग संक्षिप्त जानकारी लिएलगत्तै मन्त्री लम्साल कर्णाली राजमार्ग दैलेख हुँदै कालिकोट पुग्नुभएको प्रतिनिधिसभा सांसद रमेशकुमार सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्री लम्सालले भोलि शनिबार कालिकोट–नाग्म–गमगढी सडक र आइतबार खुलालु–कोल्टी–सिमकोट सडक हुँदै बाजुराको कोल्टी प्रस्थान गरी सडक अनुगमन तथा निरीक्षण गर्ने कार्यतालिका रहेको छ ।

ती सडकको निरीक्षण सकेलगत्तै उहाँ नेपाल–चीन सीमानाका हिल्सा र हुम्लाको सिमकोटसम्मको सडक सञ्जालको निरीक्षणमा पुग्ने सांसद सापकोटाले बताउनुभयो । स्थलगत अनुगमन तथा निरीक्षणको यात्रामा हिड्नुभएको मन्त्री लम्सालले जनताको दुःख जनताकै क्षेत्रमा आएर सुन्ने र त्यही मुताबिक योजना बनाएर सरकार अगाडि बढ्ने लक्ष्यका साथ कर्णाली पसेको बताइएको छ ।

कर्णालीका छ र सुदूरपश्चिमको बाजुरा जिल्लाको सडक पूर्वाधारलाई सुरक्षित बनाउन नयाँ आर्थिक वर्षको पहिलो दिनमै मन्त्री आफैँ राजमार्ग र सडक सञ्जालको अवस्था बुझ्न फिल्डमै निस्किनुले जनतामा सकरात्मक सन्देश प्रवाह भएको छ । वर्तमान सरकारले कर्णालीलाई उच्च प्राथमिकतामा राखेर मन्त्री आफै कर्णाली पसेकोले मन्त्री लम्सालको यात्राले अब ठेकेदारहरुको ढिलासुस्ती र बहानाबाजी अन्त्य हुने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस्