OnlinePana

आज : २०८३ आषाढ २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २२, २०८३जुम्ला
३६ पटक

 

जुम्ला / असार २२ गते ।

गैरसरकारी संस्था महासंघ जुम्लाका पुर्वध्यक्ष दुर्गा प्रसाद पाण्डेकाे निधन भएकाे छ ।
पाण्डेकाे आईतवार एक्कासी निधन भएकाे हाे । स्थानीयका अनुसार विहान खेतमा गएका पाण्डे ढिला सम्म नफर्किएपछि खेतमा मानिस गएका थिए । खेतमा वेहाेश अवस्थाका उहाँलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले मृत घाेषणा गरेकाे थियाे ।

नेपाली कांग्रेसका जिल्ला काेषाध्यक्ष, जालपादेवी हाईड्राे प्रा.लीका अध्यक्ष समेत रहेका पाण्डे जुम्ला ग्रामिण उज्यालाे विकासका पैरविकर्ता हुनुहुन्थ्याे । पाण्डेकाे तर्कशक्ति र सत्य कुराले जुम्लालाई पाठसिकाईरहन्थ्याे ।

उहाँकाे निधनपछि जुम्ला स्तब्ध भएकाे छ  ।

 

 

प्रतिकृया दिनुहोस्