OnlinePana

आज : २०८३ साउन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ३२, २०८३काठमाडौं
८९ पटक

३२ असार २०८३, बिहीबार

सुर्खेतः कर्णाली प्रदेश सरकारले यहाँका सबै सार्वजनिक संघ संस्थामा भोलि सार्वजनिक विदा दिने भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेश सुर्खेतले आज एक सूचना जारी गर्दै ‘साउने संक्रान्ति तथा देउडा पर्व’को अवसरमा प्रदेशभर साउन १ गते विदा दिइएको बताएको छ । विसं.२०८२÷११÷२४ बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार भोलि कर्णाली प्रदेशका सबै सार्वजनिक संघ संस्थाहरुमा हुने विदासम्बन्धी आज सूचना जारी गरिएको मुख्यमन्त्री कार्यालयका सचिव लक्ष्मीकुमार विकले जानकारी दिनुभयो ।

उहाँका अनुसार देउडालाई मानव दुःख, सुख मात्र होइन, आर्थिक, सामाजिक, राजनीतिक, साँस्कृतिक र मनोवैज्ञानिक विषयवस्तुलाई कलात्मकरुपले गोलाकृतिमा रहेर गीति लयमा शारिरीक हाउभाउ देखाउदै खेलिने मध्य तथा सुदूरपश्चिम नेपालको प्रचलित तथा चर्चित खेल मानिन्छ । साउन १ गतेलाई ‘साउने संक्रान्ति तथा देउडा पर्व’को रुपमा विशेष महत्व दिएर मनाउन र जीवन्त बनाइराख्न कर्णाली प्रदेश सरकारले बर्सेनि सार्वजनिक विदा दिँदै आएको सचिव विकले बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस्