OnlinePana

आज : २०८१ बैशाख २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १६, २०७८सुर्खेत
९६३ पटक

१६ पुस २०७८, शुक्रबार

भलिबलको अन्तराष्ट्रियस्तरको कभर्डहल कर्णाली प्रदेशमा निर्माण गरिने भएको छ । नेपालमा भलिबलको आफ्नो छुट्टै कभर्डहल नहुँदा खेलको प्रशिक्षण र प्रतियोगितामा परेको प्रभावलाई ध्यान दिएर कर्णाली प्रदेश सरकारले अन्तराष्ट्रियस्तरको भलिबलका लागि कभर्डहल बनाउने भएको हो ।

बंगलादेशमा सम्पन्न एभीसी सेन्ट्रल जोन भलिबलको उपाधि जितेर बिहीबार स्वदेश फर्किएको राष्ट्रिय महिला भलिबल टिमले देशमा भलिबल खेलको कभर्डहल नभएको गुनासो गरेको थियो । यद्यपि खेलाडी र भलिबल खेलको पूर्वाधार अभावलाई ध्यानमा राखेर कर्णाली प्रदेश सरकारले सुर्खेतमा अन्तराष्ट्रियस्तरको भलिबलको कभर्डहल बनाउने योजना अघि बढाएको छ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्जेलले कर्णालीमा अन्तराष्ट्रियस्तरको भलिबलको कभर्डहल बन्ने जनाउनुभयो । दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको अन्तराष्ट्रियस्तरको रंगशालाभित्र अन्तर्राष्ट्रियस्तरकै भलिबलको कभर्डहल बन्ने उहाँले बताउनुभयो । उहाँले एक हजार ५०० दर्शक क्षमता भएको कभर्डहल बन्ने र बाहिर दुईवटा भलिबल कोर्ट बनाउने योजना बनाईएको जनाउनुभयो ।

सदस्य सचिव सञ्जेलले पछिल्लो समयमा भलिबलको एउटा कभर्डहल नभएको अवस्थालाई मध्यनजर गरेर प्रदेश खेलकुद परिषद्ले कर्णालीमा नमूनास्तरकै बनाउने तयारी गरेको जनाउनुभयो । पूर्वाधारको अभावमासमेत महिला भलिबल टिमले अन्तराष्ट्रियस्तरमा नेपालको नाम उँचो राख्ने गरेको गरेपछि सरकारलाई भलिबल कभर्डहल बनाउन उत्साहित बनाएको हो ।

प्रतिकृया दिनुहोस्