OnlinePana

आज : २०८३ साउन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २७, २०८३दैलेख
८५ पटक

२७ असार २०८३, शनिबार

दैलेखः यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दुर्घटना भई कर्णाली नदीमा डुबेर बेपत्ता चार मध्ये तीनको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार कर्णाली नदीमा बेपत्ता भएको चार दिनपछि मोहन्याल गाउँपालिका ६ कैलालीमा पचालझरना गाउँपालिका ९ कालीकोटका ६२ वर्षीय मेखे तिरुवाको शव फेला परेको थियो । त्यस्तै, असार २३ गते चौकुने गाउँपालिका ४ सुर्खेत डङ्डगेस्थित कर्णाली नदीको छालमा रास्कोट नगरपालिका २ कालीकोट खड्कागाउँ निवासी १८ वर्षीय सिर्जना खड्काको शव प्रहरीले फेला पारेको थियो ।

त्यसैगरी, निरन्तर खोज तलास गर्दै जाँदा आज नौ दिनपछि तुर्माखाँद गाउँपालिका २ अछाम जमगडास्थित कर्णाली नदीको किनारमा बेवारिसे अवस्थामा पञ्चपुरी नगरपालिका ८ सुर्खेत माझिगाउँ निवासी तुलाराम सुवेदी शव फेला प्रहरी नायब उपरीक्षक विकले बताउनुभयो । कर्णाली नदीको विभिन्न स्थान फेला परेका शव आफन्तको रोहवरमा सनाखत गरिएको बताउँदै उहाँले मृतक तुलारामका सहोदर भाई सहचालक रामप्रसाद सुवेदी र फोर्स गाडी अँझै भेटाउन नसकिएको जनाउनुभयो ।

उक्त फोर्स गाडी असार १८ गते चामुण्डाबिन्द्रासैनी नगरपालिका ७ दैलेखको साङगेतडास्थित दुर्घटनाग्रस्त भई कर्णाली नदीमा खसेको थियो । बेपत्ता व्यक्तिहरुसहित गाडीको खोजी कार्यमा रिभर भेहीकल म्याग्नेट, सोनार, ड्रोन र बोरेस्कोप क्यामरासहितको उच्च प्रविधियुक्त गोताखोर टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेना नौ दिनदेखि कर्णाली नदी आसपासका किनारामा खोजिरहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्