OnlinePana

आज : २०८३ साउन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २७, २०८३काठमाडौं
८४ पटक

२७ असार २०८३, शनिबार

नेपाली कांग्रेसका केन्द्रीय समिति सदस्य मोहन बस्नेतले बिहीबार काठमाडौँमा आत्मादाहको प्रयासपछि शुक्रबार मृत्युवरण गणेश नेपालीको परिवारलाई रु.एकलाख सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

नेपाली पूर्व राष्ट्रिय कप्तानहरुको मैत्रीपूर्ण फुटबल प्रतियोगितालाई आज कर्णाली प्रदेश रंगशालामा उद्घाटन गर्दै नेता बस्नेतले सोरु गाउँपालिका १ मुगुका २५ वर्षीय नेपालीको परिवारलाई रु एकलाख सहयोग गर्ने घोषणा गर्नुभएको हो । पूर्वमन्त्री समेत रहेका उहाँले मृतक नेपालीका छोरीको स्नातक तहसम्मको निःशुल्क अध्ययनको लागि पहल गर्ने बताउनुभएको छ।

सोही क्रममा नेता बस्नेतले मुलुकको समृद्धि र स्वास्थ्य जीवनका लागि खेलकुद आवश्यक भएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्