OnlinePana

आज : २०८३ आषाढ २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २७, २०८३काठमाडौं
४ पटक

२७ असार २०८३, शनिबार

कर्णाली प्रदेश रंगशाला सुर्खेतमा आज सम्पन्न मैत्रीपूर्ण फुटबल प्रतियोगितामा ‘पूर्व राष्ट्रिय कप्तान नेपाल’ टोली विजयी भएको छ ।

ग्रीनल्याण्ड फुटबल एकेडेमी र ह्युमन राइट्स सोसाइटीद्वारा संयुक्त आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पूर्व राष्ट्रिय कप्तान कर्णाली टोलीलाई पराजित गर्दै नेपाल टोली विजयी भएको हो । दुवै टोलीले खेलको ९० मिनेटमा दुई÷दुई बराबरी गोल गरेपछि टाई ब्रेकर गर्नुपरेको थियो ।

उक्त टाई ब्रेकरमा नेपाल टोली कर्णाली टोलीलाई ५–४ गोल गरी विजयी भएको थियो । प्रतियोगितामा नेपाल टोलीबाट अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष तथा पूर्व राष्ट्रिय कप्तानहरु गणेश थापा, उपेन्द्रमान सिंह, अनिल गुरुङ, बालगोपाल महर्जन, हरि खड्का, सागर थापा, राकेश श्रेष्ठलगायतका खेलाडीहरु सहभागी भएका थिए ।

एकेडेमीका अध्यक्ष शशी केसीका अनुसार कर्णाली टोलीबाट राष्ट्रिय खेलाडी रोहित चन्द, प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्र चन्द, नवीन भण्डारी, जनक रावल, जनक थापा, नारायण कोइराला, ऋषि गिरी, ललित बसेललगायतका खेलाडीहरुको सहभागिता रहेको थियो । कलाकार बद्री पंगेनीले नेपाल र दुर्गेश थापाले कर्णाली टोलीबाट खेलेका थिए ।

कर्णालीमा फुटबलप्रतिको आकर्षण बढाउने, स्थानीय प्रतिभालाई पहिचान गर्ने तथा पूर्व खेलाडीहरुको सम्मान तथा कर्णालीले पनि राष्ट्रियस्तरको खेल सञ्चालन गर्न सक्छ भन्ने विश्वास दिलाउने र फुटबलको दियो कर्णालीबाट बाल्ने उद्देश्यले प्रतियोगिता गरिएको उहाँले बताउनुभयो । अध्यक्ष केसीका अनुसार प्रतियोगिताले आगामी दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गर्न थप उर्जा र दबाब सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

 

 

प्रतिकृया दिनुहोस्