२३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ अन्तर्गतको खेलमा इजिप्टले साविक विजेता अर्जेन्टिनाविरुद्ध एक गोलले अग्रता लिएको छ ।
अमेरिकाको एटलान्टा स्टेडियममा जारी खेलको पहिलो हाफकाे खेल सकिँदा इजिप्ट एक गोलले अघि छ ।
खेलको १५औं मिनेटमा इजिप्टका यासर इब्राहिमले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् ।
२१औं मिनेटमा पाएको पेनाल्टीमा भने अर्जेन्टिनाले गोल गर्न सकेन । अर्जेन्टिनाका लियोनल मेसीको पेनाल्टी प्रहार इजिप्टका गोलकिपर मुस्तफा शोबिरले रोक्न सफल भए ।
अर्जेन्टिनाका अन्य धेरै प्रहारलाई गोलकिपर मुस्तफाले असफल बनाइदिएका छन्






