OnlinePana

आज : २०८१ कार्तिक ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर ९, २०७८जुम्ला
५३९ पटक

९ मंसिर २०७८, बिहीबार

सिंजा गाउँपालिका २ जुम्ला घोडेङ्गास्थित प्रधानमन्त्री आधुनिक परियोजना सेमीजोन मुगुको जीप दुर्घटना भएको छ ।

नेपालगञ्जबाट मुगुतर्फ जाँदै गरेको प्रधानमन्त्री आधुनिकरण परियोजना सेमीजोन मुगुको बा.२.झ १९३१ नम्बरको जीप नाग्मा–मुगु सडक खण्डको घोडेङ्गा भन्ने ठाउँमा १०० मिटर तल खसेर दुर्घटना भएको हो । उक्त दुर्घटनामा परियोजनाका कार्यालय प्रमुख ४२ वर्षीय तेजविक्रम मल्ल, चालक २२ वर्षीय सुनिल रोकाया र २२ वर्षीय देवेन्द्र रोकाया घाईते भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

घाईते कार्यालय प्रमुख मल्ल छायाँनाथ रारा नगरपालिका वडा नं. १, चालक सुनिल र देवेन्द्र रोकाया वडा नं. ४ भामवाडाको रहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार दुई जनाको अवस्था सामान्य रहेपनि चालकको अवस्था गम्भीर छ । घाईते तीनैलाई उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्