OnlinePana

आज : २०८३ जेठ २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी जेठ २१, २०८३ जुम्ला,
७० पटक

जुम्ला, जेठ २१ गते ।

बिपन्नताको पिडा यति सम्म हुन्छ कि आर्थिक अभावले नथेगेपछि दुई महिना अघि एक महिला तिन बच्चा बोकेर मुगुको आफ्नो घर थाकथलो छोडेर जुम्ला बजार पुग्नुभयो । जुम्लामा कहिले आफन्तको घर त कहिले कसैसँगै सहयोग मागेर बच्चालाई पाल्न बाध्य भएको दर्दनाक बिषय सड््कमा आएको छ ।

मुगु छायानाथ रारा नगरपालिका ११ रोवा गाउँ निवासी जस्कर दमाईकी श्रीमति सरस्वति अहिले १८ बर्षिय छोरा विशाल परियार, ५ बर्षको अनिल परियार र ३ बर्षको छोरा विकासको पेट पाल्नकै लागि केही उपाय नलागेपछि घर छोडेर जुम्ला बजार आउनु भएको छ । जुम्लामा बस्ने खाने केही नभएपछि सोमबार चन्दननाथ नगरपालिका ४ स्थित भारतीबाडामा एक कोठामा उहाँले आश्रय लिईरहनु भएको छ । घरवेटीलाई म भाडा तिर्छु भनेर कोठामा बसेका सरस्वतिका चार आमा छोरा वेलुकी खाने चामलको दाना छैन, पकाउने भाडा छैन । सोही घरका वरिपरि कोठामा बसेका छिमेकीले हिजो बेलुकी र विहान खाना खान सहयोग गरेको दर्दनाक कथा सरस्वतिले सुनाउनु भयो । सरस्वतिले आफनो पिडाको नालीवेली सुनाउदै भन्नुभयो, श्रीमान कारागारमा हुनुहुन्छ । काम गर्ने श्रीमान् कारागारमा छन् ।

आफु बच्चा समाल्नुकि काम गर्नु, बरु जे भए होला भनेर दुई महिना अघि घर छोड्ने निधो गरेर जुम्ला आई पुगे । जुम्ला आउदा कहिले आफन्तको घर त कहिले अन्य ठाउँ बसेर दुई महिना कटियो । सुस्केरा मार्र्दै उहाँले समस्या थप खोल्नुभयो । श्रीमान् डेड बर्ष देखी कारगारमा हुनुहुन्छ, मलाई बच्चा पाल्न हैरान भएपछि भौतारिएर मुगुबाट जुम्ला आए । सरस्वतिका अनुसार श्रीमान् जस्कर दमाईको पहिलाको श्रीमतिको तर्फबाट पाँच बच्चा र आफुबाट दुई बच्चा गरि सात बच्चा छन् । पहिलाको श्रीमति बिरामी भएर मृत्यु भईसकेको हुदा चार बच्चा कता काठमाडौंतिर पढाउन भन्दै पठाईएको मैले जानकारी पाएको उहाँले बताउनुभयो । जिल्ला कारागार जुम्लाका प्रमुख बिष्णुु बहादुर महतका अनुसार जस्कर दमाई जवरजस्ति करणी उद्योगमा जिल्ला कारागार जुम्लामा रहेको जानकारी दिनुभयो ।

सरस्वतिलाई भने अहिले जुम्लाको एक होटलले काम दिएको छ । उहाँले भन्नुभयो, एक महिना पछि त होटलमा भाडा माझेर भएपनि थोरै आम्दानी भएपछि सहज हुन्थ्यो तर आज भोली खाद्यन्न छैन, ओढ्ने ओछ्याउने छैन, बच्चाका लत्ता कपाड नभएको गुनासो गर्नुभयो । ति बच्चाहरु अहिले पढाईबाट बञ्चित भएका छन् । उहाँले भन्नुभयो पहिला खाना पाएको भए हुन्थ्यो त्यसपछि बच्चा पढाउनु हुन्थ्यो ।

क्याप्सन ः मुगुबाट जुम्ला आएका सरस्वतिमा ति चार आमाछोरा तस्बिरः  जुम्ला ।

 

प्रतिकृया दिनुहोस्