OnlinePana

आज : २०८३ आषाढ २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २, २०८३काठमाडौं
१२ पटक

१ असार २०८३, सोमबार

सुर्खेतः मध्यपश्चिम विश्वविद्यालयले सिनेट, दीक्षान्त र वार्षिकोत्सव समाराेहकाे आयोजना गर्ने भएको छ । विश्वविद्यालयले १८औं सिनेट, चौथो दीक्षान्त र १६औं वार्षिकोत्सव समारोह असार ३ गते एकै दिन गर्ने भएको हो ।

चौथो दीक्षान्त समारोह तथा विश्वविद्यालयसभा–२०८३ को सञ्चार तथा प्रचार–प्रसार उपसमितिका संयोजक तथा विश्वविद्यालयका योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक  डा.बिष्णुकुमार खड्काले दीक्षान्त समारोहमा ग्रेस लिष्टमा रहेका एक हजार ९२८ जना विद्यार्थी दीक्षित हुन लागेको जानकारी दिनुभयो । उहाँका अनुसार कुल विद्यार्थीहरु मध्ये चार सय ५५ विद्यार्थीहरुले दीक्षान्त समारोहमा सहभागिता जनाउन आवेदन दिएका छन् ।

विश्वविद्यालय सात ग्राजुएट स्कुलअन्तरगत शैक्षिकोपाधि हाँसिल गरेका स्नातक तहका एक हजार २२२, स्नातकोत्तर तहका ६९४ र दर्शनाचार्य तहका १२ जना विद्यार्थीहरुलाई दीक्षित गर्नेगरी तय भएको उहाँले बताउनुभयो । संयोजक डा.खड्काका अनुसार हालसम्म विश्वविद्यालयबाट यस छ हजार ३७० विद्यार्थी दीक्षित भइसकेका छन् ।

समारोहको अध्यक्षता विश्वविद्यालयका सहकुलपति एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति शिक्षाविद् केदारभक्त माथेमाको प्रमुख आथित्यता रहने संयोजक डा.खड्काले बताउनुभयो । मप विश्वविद्यालयका उपकुलपति डा.नारायणप्रसाद पौडेलले सभामा आम्दानीको खर्च, आगामी आव.२०८३÷०८४ को प्रस्तावित रु.एक अर्ब ४९ करोड बजेट स्वीकृत र ग्रेस लिष्टमा रहेका विद्यार्थीहरुलाई दीक्षित गर्ने प्रस्ताव रहेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्