OnlinePana

आज : २०८३ आषाढ ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ८, २०८३काठमाडौं
११ पटक

८ असार २०८३, सोमबार

सुर्खेतः ‘दौडिन्छ कर्णाली’ भन्ने मूल नाराका साथ ‘ओलम्पिक डे’को अवसरमा आज सुर्खेतमा आयोजित ‘काँक्रेविहार राष्ट्रिय हाफ म्याराथन’ प्रतियोगिताको उपाधि जुम्लाका राजन रोकायले चुम्नुभएको छ ।

रोकायले एक घण्टा नौ मिनेट ३१ सेकेण्डमा २१ किलोमिटर दौड पुरा गरेका गर्नुभएको हो । एक घण्टा नौ मिनेट ३९ सेकेण्ड कालिकोटका विनोद रोकाय द्वितिय र एक घण्टा १० मिनेट २८ सेकेण्डमा उक्त दूरी पार गरी एपीएफका गोपीचन्द्र पार्की तृतीय हुनुभएको छ । प्रतियोगितामा प्रथम राजनलाई रु.एक लाख ५० हजार, द्वितिय बिनोदलाई रु.७५ हजार र तृतीय पार्कीलाई रु.५० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यसैगरी, महिलातर्फको खुला १० किलोमिटर दौड प्रतियोगिता धादिङकी सन्तोषी श्रेष्ठ प्रथम हुनुभयो । उहाँले ३६ मिनेट ४० दशमलव ६० सेकेण्डमा निर्धारित दूरी पार गर्नुभएको थियो । ३७ मिनेट ३ दशमलव ११ सेकेण्डमा सो दूरी पार गरी जुम्लाकी पूर्णलक्ष्मी न्यौपाने द्वितिय र ३९ मिनेट २८ दशमलव ८८ सेकण्डमा निर्धारित दूरी पार गरी बाजुराकी सिर्जना पाण्डेले तृतीय स्थान हाँसिल गर्नुभयो । प्रथम हुन सफल श्रेष्ठले रु.५० हजार, द्वितिय न्यौपानेले रु.२५ हजार र तृतीय हुने पाण्डेले रु.१५ हजार नगद पुरस्कारसति प्रमाणपत्र प्राप्त गर्नुभयो ।

पाँच किलोमिटर छात्रातर्फको दौड प्रतियोगितामा सुर्खेतकी कृष्णा रानाले २० मिनेट ३४ दशमलव २ सेकेण्ड, जुम्लाकी अन्तिमा बुढाले २० मिनेट ४५ दशमलव ५४ सेकेण्ड र बाँकेकी स्वस्तिका शाहीले २१ मिनेट २३ दशमलव २५ सेकेण्डमा निर्धारित दूरी पार गरी प्रथम, द्वितिय र तृतीय हुनुभयो । उक्त प्रतियोतिामा प्रथम, द्वितिय र तृतीय हुनेलाई क्रमशः रु.दश, पाँच र तीन हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यस्तै, पाँच किलोमिटर छात्रतर्फ कालिकोटका अनिल शाहीले १५ मिनेट ३६ दशमलव १ सेकेण्ड, जुम्लाका युवकराज बुढाले शाहीले १५ मिनेट ३६ दशमलव ३ सेकेण्ड र सुर्खेतका भुवन चालिसेले १६ मिनेट ४३ दशमलव ३ सेकेण्डमा उक्त दूरी पार गरी प्रथम, द्वितिय र तृतीय हुनुभयो । प्रथम, द्वितिय र तृतीय हुनेलाई क्रमशः रु.दश, पाँच र तीन हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

उक्त प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुने खेलाडीहरुलाई बधाई तथा थप प्रगतिको शुभकामना व्यक्त गर्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले खेल क्षेत्रमा कर्णालीको उल्लेख्य प्रगति हुँदै गएको बताउनुभयो । पछिल्लो समयमा कर्णाली खेल क्षेत्र आकर्षणको केन्द्र बन्दै गएको र प्रदेश तथा स्थानीय सरकारले पनि यसमा जोड दिएको बताउनुभयो ।

सेन्टरका पूर्वनिर्देशक प्रमोद हमालले कर्णाली प्रदेशका उदयीमान धावकलाई राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नुका साथै प्रदेशको पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउनुभयो । उहाँले प्रतियोगिताबाट कर्णाली प्रदेशको पर्यटकीय क्षेत्रको प्रवद्र्धन तथा यसको प्रचार–प्रसार र धावकहरुलाई प्रतिस्पर्धाको अवसर प्राप्त भएको जनाउनुभयो ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद् र एक्सट्रिम इनर्जी ड्रिङ्कको आर्थिक सहयोगमा मिड वेस्टर्न फिटनेस सेन्टर सुर्खेतद्वारा उक्त प्रतियोगिताको आयोजना गरिएको थियो ।

 

प्रतिकृया दिनुहोस्