OnlinePana

आज : २०८३ आषाढ ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १, २०८३काठमाडौं
१८० पटक

१ असार २०८३, सोमबार

सुर्खेतः कर्णाली प्रदेश सरकारले प्राविधिक शिक्षालय÷विद्यालयका प्रशिक्षकहरुको लागि सुर्खेतमा सीपमूलक प्रशिक्षण सञ्चालन गरेको छ ।

कर्णााली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले सुर्खेत वीरेन्द्रनगरमा असार १० गतेसम्म सञ्चालन हुने गरी आजबाट सीपमूलक प्रशिक्षण सुरु गरेको हो । उक्त प्रशिक्षणको उद्घाटन गर्दै सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले घरेलु क्षेत्रमै रोजगार बजार सिर्जनाका लागि पर्याप्त जनशक्ति उत्पादन गर्न आवश्यक महसुस गर्दै प्रशिक्षण हुनु सकरात्मक कुरा भएको बताउनुभयो ।

प्राविधिक शिक्षाको गुणस्तर सुधारका लागि प्रदेश सरकार र सम्बद्ध निकाय तदारुकताका साथ लागिरहेको बताउँदै उहाँले प्राविधिक शिक्षाप्रति पछिल्लो समयमा चासो घट्दै गइरहेको सन्दर्भमा अब नयाँ सोचका साथ योजनाबद्ध रुपमा सक्रिय हुन आग्रह गर्नुभयभो । उहाँले भन्नुभयो, “उत्पादन प्रशिक्षार्थी जस्ता कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ । कर्णाली जस्तो भूगोलका लागि औद्योगिक प्रशिक्षार्थी होइन यहाँको उत्पादन वृद्धि गर्न उत्पादन प्रशिक्षार्थी कार्यक्रम सञ्चालन महत्वपूर्ण हुन्छ ।”

सामाजिक विकास मन्त्रालयअन्तरगत प्रदेश परियोजना सहयोगमा कार्यरत प्रदेश प्रबन्धक वेदप्रसाद डाँगीले प्राविधिक शिक्षालय तथा विद्यालयमा अध्यापनरत प्रशिक्षकहरुका लागि विधि र सीप केन्द्रित प्रशिक्षणात्मक सीपमूलक तालिम सञ्चालन गरिएको बताउनुभयो । तालिममा कम्युटर विज्ञान, सिभिल इन्जिनिरियङ्, फरेस्ट्री, बाली तथा पशु विज्ञान र फार्मेसी ट्रेड (विषय)सँग सम्बन्धित मुगु, जाजरकोट, दैलेख र सुर्खेतका २५ प्रशिक्षकहरुको सहभागिता रहेको जनाउनुभयो ।

प्रबन्धक डाँगीका अनुसार सिटिईभिटीका आङ्गिक प्राविधिक शिक्षालय, प्राविधिक शिक्षा सामुदायिक विद्यालय र निजी विद्यालयमा कार्यरत प्रशिक्षकहरुलाई प्राविधिक तथा व्यवसायिक विधि र सीप कक्षा कोठामा कसरी प्रशिक्षार्थीहरुलाई प्रदान गर्ने भन्ने बारेमा तालिम दिइनेछ । चालु आर्थिक वर्षको यो चौथो ब्याज हो । प्रदेश सरकारले भने सिटिइभिटीका आङ्गिक शिक्षालयहरुमा सरकारी लगानी बढाएको बताएको छ ।

 

 

प्रतिकृया दिनुहोस्