OnlinePana

आज : २०८३ आषाढ ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ७, २०८३सुर्खेत
७ पटक

७ असार २०८३, आईतबार

सुर्खेतः कर्णाली प्रदेश रंगशाला सुर्खेत वीरेन्द्रनगरमा आज सम्पन्न ‘४६औं नेशनल एथ्लेटिक्स च्याम्पियनसिप २०८३’ मा नेपाल आर्मी क्लब प्रथम भएको छ ।

च्याम्पियनसिपमा आर्मी क्लबले ट्रयाक र फिल्डका अधिकांश विधामा उत्कृष्ट प्रदर्शन गर्दै १७ स्वर्ण, १२ रजत र सात कास्यसहित कुल ३६ पदक प्राप्त गरी प्रथम भएको हो । प्रतियोगितामा नेपाल पुलिस क्लबले आठ स्वर्ण, सात रजत र तीन कास्यसहित कुल १८ पदक जित्दै दोस्रो भएको हो । त्यस्तै, बागमती प्रदेशले दुई स्वर्ण, एक रजत र एक कास्यसहित कुल चार पदक जितेर तृतीय भएको छ ।

च्याम्पियिनसिपमा प्रथम हुने खेलाडीलाई क्रमशः १५÷१५, दोस्रो हुनेलाई १०÷१० र तृतीय हुनेलाई पाँच÷पाँच हजार नगद पुरस्करसहित टफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । उक्त प्रतियोगितामा पुरुष तथा महिलातर्फ १४÷१४ गरी २८ इभेन्ट भएका थिए ।

यसमा सात प्रदेश, तीन विभागीय टोली नेपाली सेना त्रिभुवन आर्मी क्लब, नेपाल सशस्त्र प्रहरीको एपीएफ र नेपाल प्रहरीतर्फको पुलिस क्लब गरी दश टोलीबाट १२० महिला र १२० पुरुष गरी २४० जना खेलाडीहरुले २८ स्वर्ण पदकका लागि स्पर्धा गरेका थिए ।

एक सय, दुई सय, चार सय, आठ सय, एक हजार ५००, पाँच हजार, र १० हजार मिटरको दौड, लङजम्प, ट्रिपलजम्प, डिस्कस, सटफुट, जेभलिन थ्रो, एक सय र चार सय मिटर रिले दौड समावेश गरिएको उक्त च्याम्पियनसिप नेपाल एथ्लेटिक्स संघको आयोजना तथा कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोग एवं समन्वयमा तीन दिनसम्म च्याम्पियनसिप सञ्चालन भएको थियो ।

प्रतिकृया दिनुहोस्