OnlinePana

आज : २०८३ बैशाख ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
भाद्र २८, २०७८
११६७ पटक

२८ भाद्र २०७८, सोमबार

सुर्खेतका विभिन्न स्थानबाट फरक फरक मालसमान चोरी गर्ने तीन प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले सार्वजनिक गरेको छ ।

वीरेन्द्रनगर नगरनगरपालिका ४ सुर्खेत निवासी ५५ वर्षीय महिलाले सुन, पत्थर विद्युतीय सामग्री चोरिएको भन्दै विसं.२०७८ साउन २६ गते जिप्रका सुर्खेतमा निवेदन हालेकी थिईन् । त्यसपश्चात् अनुसन्धान थालेको प्रहरीले आईतबार सुर्खेतबाट तीनजना व्यक्तिलाई पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

त्यससँगै बरामद भएका विभिन्न दशीमा समानहरु पनि प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्ने अभियुक्तहरुमा वीरेन्द्रनगर नगरपालिका ५ सुर्खेतका १९ वर्षीय भीष्म खत्री, २६ वर्षीय सुरज गुरुङ, ६ नम्बर वडाका ३६ वर्षीय राजकुमार विक र एक बालक गरी चार जना रहेको प्रहरी नायब उपरीक्षक घर्तीले जनाउनुभयो ।

दशीका आधारमा बरामद मालसमानसहरुमा एक थान पोतेसहितको छड्के तिलहरी, एक थान सुनको बेरवा औंठी, एक थान पत्थर भएको सुनको औंठी, एक थान एलईडी टिभी, एक थान ३२ ईञ्चको टिभी, र एक थान खुँडा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्