OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र ३, २०७८काठमाडौं
६९५ पटक

३ भाद्र २०७८, बिहीबार

एजेन्सी: अमेरिकी सेनाको खुफिया जानकारीहरु भण्डार गरिएको बायोमेट्रिक डिभाइस तालिबानले आफ्नो कब्जामा लिएको छ । यो डिभाइसमा अमेरिकी सेनासहित ती अफगानीहरुको जानकारी छ जसले युद्धको समयमा अमेरिकी सेनाको पक्षमा अहम भूमिका निभाएका थिए । यस्तोमा अब यो डिभाइसको सहयोगले तालिबानले सजिलैसँग ती अफगानीहरुको पहिचान गर्न सक्छ जसले युद्धको समयमा अमेरिकालाई सहयोग गरेका थिए ।

यो डिभाइसको नाम ह्याण्डहेल्ड इन्ट्राएजेन्सी आइडेन्टिटी डिटेक्सन इक्विपमेन्ट अर्थात हाइड हो । ज्वाइन्ट स्पेशल अपरेशन्स कमाण्डका अधिकारी र तीन अमेरिकी पूर्व सैनिक अधिकारीका अनुसार यो डिभाइसलाई तालिबानले गत हप्ता नै कब्जा गरेको थियो । अमेरिकाको द इन्टरसेप्टको रिपोर्टअनुसार यी अधिकारीहरुलाई चिन्ता छ कि तालिबान यो संवेदनशील डाटाको प्रयोग गर्न सक्छ ।

यी डिभाइसहरुमा आँखाको रेटिना स्क्यान, औंलाको छाप र अन्य जैविक सूचना राखिएको छ । यो डाटाको प्रयोग गरेर ठूलो डाटाबेससम्म पहुँच पाउन सकिन्छ । यद्यपि अहिलेसम्म कति डाटा तालिबानको हात परेको छ भन्ने स्पष्ट छैन । यी डिभाइसमा ती अफगानीहरुको पनि बायोमेट्रिक डाटा छ जसले युद्धका क्रममा अमेरिकालाई सहयोग गरेका थिए । अब तालिबानले यस्ता अफगानीको पहिचान गरेर उनीहरुलाई नोक्सान पुर्याउन सक्छ ।

अमेरिकाका नेशनल सेक्युरिटी सुपरभाइजर जेक सुलिभानले मंगलबार भने ‘हामीलाई यो निश्चित रुपमा थाहा छैन कि अमेरिकाको तर्फबाट अफगान सेनालाई दिइएका रक्षा सामग्रीको एक एक आर्टिकल कहाँ गयो । तर, यो निश्चय थाहा छ कि त्यसमध्ये ठूलो मात्रामा हतियार तालिबानको हात लागेका छन् । र, हामीलाई यो कुरा पनि थाहा छ कि तालिबानले हामीलाई ती हतियार फिर्ता गर्ने छैन ।

प्रतिकृया दिनुहोस्