OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र २, २०७८काठमाडौं
५२० पटक

२ भाद्र २०७८, बुधबार

बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले महिला नेतृ अष्टालक्ष्मी शाक्य नियुक्त हुनुभएको छ । एमाले विभाजन भएकै दिन शाक्यलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।

आजै डोरमणि पौडेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएलगत्तै नेतृ शाक्य मुख्यमन्त्रीमा नियुक्त भएर प्रदेश प्रमुख विष्णु प्रसाईंले बुधबार राति शपथ खुवाउनुभएको छ । यससँगै शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बन्नुभएको छ ।

नेकपा एमाले औपचारिकरुपमा विभाजन भएपछि पौडेलले आज प्रथमतः संसदीय दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिनुभएको थियो । पार्टी अध्यक्ष केपी शर्मा ओलीको तीतो आलोचना गर्दै आएका नेतृ एमाले विभाजनको संहारको मुख्यमन्त्री हुने अवसर पाउनुभएको छ । पौडेलले दलको नेताबाट राजीनामा गराएर शाक्यलाई निर्विरोध रुपमा संसदीय दलको नेतामा चयन गरिएको थियो ।

प्रतिकृया दिनुहोस्