OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र १, २०७८काठमाडौं
९१४ पटक

१ भाद्र २०७८, मंगलबार

एजेन्सीः अफगानिस्तानमा जारी राजनीतिक संकटबीच राष्ट्रपति अशरफ गनीको सरकारमा उपराष्ट्रपति रहेका अमरुल्लाह सालेहले आफू देशको कार्यवाहक राष्ट्रपति भएको दाबी गरेका छन् । संविधानअनुसार राष्ट्रपति नहुँदा, छाडेर जाँदा, राजीनामा दिँदा वा मृत्यु हुँदा उपराष्ट्रपति कार्यवाहक राष्ट्रपति हुने उल्लेख गरिएको बताउँदै उनले सो दाबी गरेका हुन् ।

उनले भने, ‘म यति बेला देशभित्र नै छु र देशको वैद्य कार्यवाहक राष्ट्रपति हुँ । म आम सहमति बनाउन र समर्थन हासिल गर्न सबै नेताहरूलाई सम्पर्क गरिरहेको छु ।’

यसअघि सालेहले ट्वीटरमा अफगानिस्तान र तालिबानबारे एक ट्वीट गरेका थिए । ‘अफगानिस्तान मामिलामा अब राष्ट्रपति जो बाइडेनसँग बहस गर्न बेकार छ । उनलाई छाडी दिऔँ । हामी अफगानीले साबित गर्नुपर्छ कि अफगानिस्तान भियतनाम होइन र तालिबान भिएत कङ जस्तै होइन । अमेरिका र नेटोविपरित हामीले हौसला गुमाएका छैनौँ । हामी अगाडि अपार सम्भावना देखिरहेका छौँ । फाल्तु चेतावनी अब बन्द भएको छ । आउनुहोस् प्रतिरोधमा सामेल बनौँ ।’

प्रतिकृया दिनुहोस्