२०७८ भदौ १ गते । कोरोना भाईरसका कारण जुम्लाका सवै धार्मिक जात्रा यस बर्ष पनि नहुने भएका छन् ।
जिल्ला कोभिड व्यवस्थापन समितिको बसेको बैठकले कोरोना संक्रमण बढ्दै गईरहेको समयमा तेस्रो भेरियन्टको कोरोना सर्न सक्ने भन्दै समितिले सवै धार्मिक मेला गर्न नपाईने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईले जानकारी दिनुभयो ।
उहाँका अनसार धार्मिक मेलाले कोभिड संक्रमण बढ्ने भएकाले पूर्ण वन्द गर्ने निर्णय गरिएको छ । यसैगरी पछिल्लो समय दिउसो ४ बजे देखी गर्दै आएको निषेधाज्ञा निरन्तरता दिईएको छ । दुईसाता सम्मका लागि सोही समय भन्दा पछि अत्यावश्यक काम वाहेक भिडभाड गर्न नपाईने तथा बजार बन्द हुदै आएको छ ।
तेस्रो भेरियन्टको कार्ययोजना बनाउने ः
कोभिड व्यवस्थापन समितिको सोमबार बसेको वैठकले स्थानीय तहले तेस्रो तहको कोभिड भेरियन्टको रोकथामको कार्ययोजना बनाउने समेत निर्णय भएको छ । यसैगरी कोरोनाको संक्रमण दर खासै कम नभएकाले सचेत रहन स्वास्थ्यकर्मीले सूझाव दिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर राजिव शाह, जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख कृष्ण सापकोटा र चन्दननाथ नगरपालिकाका स्वास्थ्य निरीक्षण क्षेत्रबहादुर महतले जिल्ला र नगरपालिकाको स्वास्थ्य अवस्थाको जानकारी दिएका थिए ।
जिल्ला जनस्वास्थ्य सेवा कार्यालयको प्रतिवेदन अनुसार हाल सम्म १६ जनाको कोरोनाका कारण मृत्यू भएको छ । यसैगरी एक हजार दुई सय ४४ जना कोरोना पोजेटिभ मध्इ एक सय पाँच जना एक्टिभ केस रहेका छन् ।
वैठकमा व्यापारीलाई अनिवार्य मास्क सेनिटाईजन राख्नुपर्ने सूझाव आएको छ । नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले परीक्षणनै बढि गर्नुपर्नेमा जोड दिनुभयो ।
क्याप्सन ः जिल्लाको विपत संकट व्यवस्थापन वैठक तस्बिर नेत्र शाही जुम्ला ।
नेत्र शाही,भाद्र १, २०७८जुम्ला,
५९३ पटक
- प्रभावकारी सेवा प्रवाह र राजश्व वृद्धिमा ध्यान दिन वनमन्त्री अधिकारीको निर्देशन
- चन्दननाथ नगरपालिकामा बिपतमा खट्ने स्वयंसेवक व्यूरो गठन
- जुम्लामा ३४ औ ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरी मनाईयो
- ‘कृत्रिम अभ्यास विपद् प्रतिकार्यको उपयोगी सन्देश’
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कर्णाली सरकारले रु.५० लाख सहयोग गर्ने
- शान्ति सुरक्षा सँगै समन्वयात्मक भूमिकामा जोड दिन्छु : प्रजिअ शाही
- खेल क्षेत्रले भावनात्मक एकता बढाएको छः मन्त्री भण्डारी
- मुख्यमन्त्री कँडेल भन्छन्ः ६० प्रतिशत आयोजनाको ठेक्का भइसक्यो
- कर्णालीमा ‘प्रतिवद्ध–तेस्रो’ परियोजना शुभारम्भ
- कर्णाली प्रदेशसभाको चौथो अधिवेशन अन्त्य