

३२ साउन २०७८, सोमबार
नेपाल सरकारले प्रदेश २ को प्रदेश प्रमुख फेरेको छ । केपी शर्मा ओलीले नियुक्त गरेका डा.राजेश अहिराजलाई हटाएर हरिशंकर मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गरेको हो ।
त्यसैगरी, सरकारले अफगानिस्तानमा रहेका नेपालीलाई शीघ्र उद्धार गर्ने सरकारको निर्णय गरेको छ । तालिबानको नियन्त्रणपछि अफगानिस्तानको अवस्थ र नेपालीलाई स्वदेशमा ल्याउने निर्णय गरेको छ । प्रतिनिधिसभामा सत्ता पक्ष र प्रतिपक्षका सांसदबीच आरोप–प्रत्यारोप, कुलमानको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट निवेदन, अझै केही दिन मन्त्रिपरिषद विस्तारमा ढिलाई हुने देखिन्छ ।
नोपलका सरकारले अचानक संसद अधिवेशन अन्त्य गरेको छ । संघीय संसदका दुवै सदनको अधिवेशन सोमबार राति १२ः०० बजेदेखि लागू हुने गरी अन्त्य गरिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा संसद अधिवेशन अन्त्य गरेकी हुन् ।
सर्वोच्च अदालतबाट पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठक साउन ३ गते बसेको थियो । यसबीचमा प्रतिनिधिसभाको अधिवेशन २९ दिन चल्यो भने उक्त अवधिभित्र ९ दिनमा १० वटा बैठक बसेको छ ।