OnlinePana

आज : २०८१ बैशाख ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ३२, २०७८काठमाडौं
३३५ पटक

३२ साउन २०७८, सोमबार

नेपाल सरकारले प्रदेश नम्बर २ को प्रदेश प्रमुख परिर्वतन गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राजेश झा अहिराजलाई पदमुक्त गर्दै हरिशंकर मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको हो ।

अहिराजलाई अघिल्लो सरकारले ७ फागुन २०७७ मा प्रदेश प्रमुख नियुक्त गरेको थियो । नयाँ प्रदेश प्रमुखमा सिफारिस भएका महोत्तरीका मिश्र कांग्रेसका पुराना नेता हुन् । देउवा सरकारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुलाई हटाउँदै गण्डकी प्रदेश प्रमुखमापृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गरिसकेको छ ।

 

प्रतिकृया दिनुहोस्