OnlinePana

आज : २०८१ माघ १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

पवनदीपले जिते ‘इन्डियन आइडल’

को हुन् 'इण्डियन आइडल-१२' का विजेता पवनदीप राजन ?

कोरपाटी संवाददातासाउन ३२, २०७८काठमाडौं
९६२ पटक

३२ साउन २०७८, सोमबार

भारतीय टेलिभिजनको चर्चित रियालिटी शो ‘इन्डियन आइडल–१२’ पवनदीप राजनले जितेका छन् । इन्डियन आइडल बिजेता पवनदीपले ट्रफी, २५ लाख भारतीय रुपियाँसँगै लक्जरी कार समेत जितेका छन् ।

यसैगरी, दोस्रो स्थानको ट्रफी अरुणिता कांजीलालले हात पारिन् भने तेस्रो स्थानको ट्रफी सायली कांबलेले जितेका छन् । यस्तै, चौंथो स्थानमा मोहम्मद दानिश, पाँचौँ स्थानमा निहाल र शनमुखाप्रिया सबैभन्दा कम भोट प्राप्त गरेर छैटौँ स्थानमा परिन् ।

को हुन् ‘इण्डियन आइडल-१२’ का विजेता पवनदीप राजन ?

भारतीय टेलिभिजनको सबैभन्दा चर्चित रियालिटी शो ‘इन्डियन आइडल’ को सीजन–१२ को विजेता घोषणा भएको छ । सीजन–१२ को ट्रफी पवनदीप राजनले हात पारेका छन् । १२ घण्टा लामो फाइनल एपिसोडमा बलिउडका स्टारहरुको बाक्लो उपस्थिती रहेको थियो ।

पवनदीप सीजनको सुरुवातदेखि नै निर्णायकहरु, दर्शक र प्रतिष्पर्धीहरुसमेतको प्रिय थिए । पवनदीप सीजन–१२ को सबैभन्दा चर्चित प्रतिष्पर्धी हुन् । उनी गीत गाउँदा आफै बाजाहरु पनि बजाउने गर्छन् । उनलाई गायक बप्पी लहिरीले आफ्नो तबलासमेत उपहारमा दिएका थिए ।

पवनदीपको जन्म सन् १९९६ को जुलाई २७ मा उत्तराखण्डको चंपावतमा भएको थियो । उनका पिता सुरेश राजन पनि गायक हुन् । उनका पिता उत्तराखण्डको सार्वजनिक कार्यक्रमहरुमा गाउने गर्छन् । उनका दुई बहिनी पनि छन् ।

कलेजका दिनहरुमा पवनदीपले युथ फेस्टिभलमा भाग लिएका थिए । जहाँ उनले गीत गाए । र बाजा पनि बजाए । उनी ‘द भ्वाइस अफ इन्डिया’ पनि गएका थिए । उनले सन् २०१५ मा ‘द भ्वाइस अफ इन्डिया’ जितेका थिए । उनले ५० लाख भारतीय रुपियाँ पनि जितेका थिए । साथै, अल्टोको कार पनि प्राप्त गरेका थिए । यसका साथै, उनले युनिभर्सल म्यूजिक ग्रुपसँग पनि पहिलो गीत रिलीज गर्ने कन्ट्र्याक्ट गरेका थिए ।

पवनदीपले सन् २०१५ मा ‘यकीन’ गीत रिलीज गरेका थिए । उनी उत्तराखण्डका युथ ब्राण्ड एम्बास्डर पनि चुनिएका थिए । उनले सन् २०१६ मा एरोन हारुन राशिदसँग  एल्बममा गीत पनि गाएका थिए । उनले सन् २०१७ मा फिल्म ‘रोमियो एन बुलेट’ मा गीत गाएका थिए ।

पवनदीपले साढे २ वर्षकै उमेरमा तबला बजाएर अवार्ड पनि जितेका थिए । उनले करिब १३ वटा देश र भारतका १४ राज्यमा करिब १२०० वटा शो गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस्