कोरपाटी संवाददातासाउन ३१, २०७८काठमाडौं
११८४ पटक
अफगानिस्तानका राष्ट्रपति असरफ घानीले आजै देश छाडेका छन् । विद्रोही संगठन तालिवानले धम्की दिएपछि उनले डरले देश छाडेको अफगानी अधिकारीलाई उध्द्रृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।
घानीसँगै प्रथम उपराष्ट्रपति अम्रुल्लाह सलेहले पनि देश छोडेको समाचार संस्थाहरूले जनाएका छन् । उनीहरू ताजकिस्तानतिर लागेको त्यहाँका मिडियाहरूले लेखेका छन् ।
सुरक्षाका कारण देखाउँदै अधिकारीहरुले थप जानकारी दिएका छैनन् । आजै तालिवान लडाकुहरु राजधानी काबुल पसेपछि घानीले देश छाडेका हुन् ।
Good bye 👋 Ghani
Now INSHAALLAH future of Afghanistan will be bright & secured.#Taliban#Afghanistan#Kabul pic.twitter.com/4ftoGhiays— گمنام (@GuumNaaaM) August 15, 2021