OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ३१, २०७८काठमाडौं
३५८ पटक

३१ साउन २०७८ आईतबार

विनासकारी भुईँचालोले हैटीमा कम्तीमा ३०४ जनाको मृत्यु भइसकेको छ भने १८०० बढी घाइते भएको त्यहाँका अधिकारीहरूले जनाएका छन् ।

हैटीको दक्षिणी खाडीमा ७.२ परिमाणको भुईँचालो त्यहाँको समय अनुसार शनिबार बिहान गएको छ । त्यसले विभिन्न शहरका भवनहरू भत्काइ दिएको छ र भग्नावशेषहरू सडकमा फैलिएका छन् ।

नागरिक सुरक्षा अधिकारीले सुरुआती अवस्थामा त्यहाँको समय अनुसार शनिबार साँझसम्म ३०४ जनाको मृत्यु भइसकेको जनायो ।
नागरिक सुरक्षा अधिकारीले ट्वीटरमा जनाए अनुसार १८०० बढी मानिस घाइते भएका छन् ।

हैटीको राजधानमा भुईँचालोले क्षति गराएको छ भने राजधानीबाट १५० किलोमिटर टाढा रहेको क्युबा र जमइकाका क्षेत्रमा पनि भुईँचालोको परकम्प अनुभव गरिएको छ ।

अमेरिकाको जियोलोजिकल सर्भेले जारी गरेको सूचना अनुसार धनजनको क्षति अझ बढ्न सक्ने देखिएको छ ।

प्रधानमन्त्रीले देशमा एक महिनाका लागि आपत्कालको घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडनले भुईँचालो पीडित हैटीमा सहयोग गर्न युएएडलाई अधिकार दिएका छन् ।

शनिबारको भुईँचालोसन् २०१०मा गएको जस्तो विनासकारी भुईँचालो भएको मानिएको छ । त्यतिखेर २ लाख जति मानिसको मृत्यु भएको थियो ।

 

प्रतिकृया दिनुहोस्