OnlinePana

आज : २०८० आश्विन ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २९, २०७८काठमाडौं
१०५६ पटक

२९ साउन २०७८, शुक्रबार

एजेन्सीः अफगानिस्तानको चरमपन्थी संगठन तालिबानले मुलुकको दोस्रो ठूलो शहर कन्दाहारलाई आफ्नो कब्जामा लिएको छ ।

यो शहर कुनै समय तालिबानको महत्वपूर्ण पकड रहेको शहर थियो र रणनीतिक हिसाबमा पनि यो शहर निकै महत्वपूर्ण छ । यसलाई अफगानिस्तानको ट्रेड हबको रुपमा लिने गरिन्छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँगको कुराकानीमा स्थानीय सरकारका अधिकारीले भनेका छन्, ‘गत राति भएको ठूलो भीडन्तमा तालिबानले कन्दाहार शहरलाई नियन्त्रणमा लिएको छ ।’ यसअघि बिहीबार हेरात र घान्जी शहरमा पनि तालिबानले कब्जा जमाएको थियो ।

यसैबीच अमेरिकाले आफ्नो दूतावासका कर्मचारीको उद्धारको लागि तीन हजार सेना अफगानिस्तान पठाउने भएको छ । त्यस्तै बेलायतले पनि आफ्ना नागरिकलाई मुलुक छाड्न सहयोग गर्नका लागि अस्थायीरुपमा ६ सय सैनिक पठाउने निर्णय गरेको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार पछिल्लो एक महिनामा मात्र अफगानिस्तानको युद्धमा एक सय आम नागरिक मारिएका छन् । सेभ द चिल्ड्रेनका अनुसार पछिल्लो केही दिनमा राजधानी शहरमा विभिन्न स्थानबाट ७२ हजार बालबालिका सुरक्षा खोज्दै आइपुगेका छन् र उनीहरु सडकमा नै सुत्न बाध्य छन् ।

 

प्रतिकृया दिनुहोस्