OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २८, २०७८काठमाडौं
७७२ पटक

२८ साउन २०७८ बिहीबार

लुम्बिनी प्रदेशकाको मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले संसदीय दलका नेता केसीलाई आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । उहाँ नेपालको संविधानको धारा १६८(२०) बमोजिम केसी लुम्बिनी प्रदेशको दोस्रो मुख्यमन्त्री बन्नुभएको छ ।

निवर्तमान मुख्यमन्त्री तथा एमाले नेता शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि बहुमत ४२ जना प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित केसीले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्नुभएको थियो।

रोल्पाको निर्वाचन क्षेत्र नम्बर १(१) बाट प्रत्यक्ष निर्वाचित केसी निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानूनमन्त्री हुनुहुन्थ्यो । सर्वोच्चको विसं. २०७७ फागुन २३ गतेको निर्णयले माओवादी केन्द्र र एमाले अलग भएपछि उहाँले वैशाख ६ गते मन्त्री पदबाट राजीनामा दिएर पोखरेल विरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नुभएको थियो ।

विपक्षी गठबन्धनका प्रमुख दल कांग्रेस र माओवादीबीच आठ–आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ भने गठनबन्धनमा जसपा, राजमोको पनि सहभागिता रहेको छ ।

प्रतिकृया दिनुहोस्