OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २७, २०७८काठमाडौं
८४३ पटक

२७ साउन २०७८, बुधबार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिनुभएको छ। प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन शुरु हुनु पूर्व मुख्यमन्त्री पोखरेलले राजीनामा दिनुभएको हो । उहाँले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाउन गएको एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले बताए ।

प्रदेशसभामा अल्पमतमा परेका मुख्यमन्त्री पोखरेल राजीनामा वा विश्वासको मतमा नपाउने निश्चित गर्दै विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम)लाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरिसकेका छन् ।

एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धनबाट पोखरेल दाङ क्षेत्रनम्बर २ (१) बाट प्रदेश सभा सदस्य निर्वाचित हुनुभएको थिजयो। उहाँ २०७४ साल फागुन ३ गते पहिलोपटक र विसं. २०७८ बैशाख १९ गते दोस्रोपटक मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

विपक्षी दलहरुले दोस्रो पटक अल्पमतमा पर्दापर्दै असंवैधानिक ढंगले नियुक्त भएको भन्दै बहुमत सिद्ध गर्न वा राजीनामा दिन निरन्तर माग गर्दै आएका थिए । गत असार ३१ गते प्रदेशसभामा बजेट पास गर्न आवश्यक बहुमत नपुगेपछि मुख्यमन्त्रीकै नेतृत्वमा सत्ता पक्षले प्रदेशसभा बैठक बहिस्कार गरी अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याइएको थियो ।

साउन १९ गते विपक्षी चार दलको गठवन्धनका ३४ जना सांसदले मुख्यमन्त्रीविरुद्ध तेस्रोपटक अविश्वास प्रस्ताव दर्ता गरेका थिए । त्यसअघि बैशाख ६ गते पनि पोखरेल विरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो । त्यसमाथि छलफल गर्न वैशाख १९ गते विशेष अधिवेशन बोलाएकै दिन बिहान पोखरेलले राजीनामा दिएर एमालेको एकल बहुमत दावी गर्दै दोस्रोपटक मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

उहाँले प्रदेश प्रमुख धर्मनाथ यादवलाई ४१ जनाको हस्ताक्षर बुझाउँदा उपसभामुख कृष्णी थारु, माओवादी केन्द्र रोजिसकेकी बिमला खत्री वलीको पनि हस्ताक्षर थियो । अमरबहादुर डांगीले आफ्नो हस्ताक्षर किर्ते गरिएका बताउनुभएको थियो । बैशाख १९ गते पोखरलले सपथ नलिंदै दृगनारायण पाण्डेले आफ्नो पदबाट राजीनामा दिएका दिनुभएको थियो ।

त्यसैबीच, पोखरेललाई उहाँकै क्षेत्रका सांसद डाँगी र कपिलवस्तुका पाण्डेले साथ छाडेका थिए। दृगनारायण कांग्रेस प्रवेश गरेर राष्ट्रियसभा सदस्य भइसक्नु भएको छ । पोखरेलकै गृह जिल्लाकी विमला खत्री वलीले पनि माओवादी केन्द्र रोजेपछि पोखरेलको दल एमालेका सांसदहरुको संख्या ४१ बाट ३८ जनामा खुम्चिएको थियो ।

लुम्बिनी प्रदेशसभामा ८० जना सदस्य बहाल छ । बहुमतका लागि ४१ सिट आवश्यक हुन्छ । विपक्षी गठवन्धनसँग कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३ र जनमोर्चाका १ गरी ४१ प्रदेशसभा सदस्यहरु छन् ।

प्रदेशसभा सदस्यको जोड घटाउनमा स्पष्ट अल्पमतमा परेपछि पोखरेलले राजीनामा दिनुभएको हो । बैशाख ६ गतेको अविश्वास प्रस्तावपछि पोखरेलले जसपा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेय लम्साललाई सरकारमा सहभागी गराएर बहुमत पु¥याउनुभएका उहाँले अन्तमा केही सीप नलागेपछि राजीनामा बाध्यकारी विकल्प बनेको छ ।

यता भौतिक पुर्वाधार विकास राज्यमन्त्री रायमाझीले असार १८ गते राजीनामा दिएर पार्टीमा फर्किएपछि पोखरेललाई अल्पमतको अर्को झट्का लागेको थियो । उहाँकै निर्देशनमा बिमला वलीलाई साउन १५ गतेदेखि २० गतेसम्म मुख्यमन्त्रीको सरकारी निवासमा ल्याएर बन्धक बनाएको आरोप पनि खेप्नु पर्यो ।

अन्ततः बिममलालाई एमालेमा ल्याउने प्रयास असफल बन्यो । यस पूर्व जसपाकै पुरमति ढेंगालाई पनि सरकारको पक्षमा तान्न एमालेले प्रयास गरेको थियो । दुर्भाग्य सबै प्रयासहरु असफल सावित भए ।

प्रतिकृया दिनुहोस्