OnlinePana

आज : २०८१ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बलिबहादुर बुढा साउन २६, २०७८मुगु
१४७५ पटक

 

 

मुगुमकार्मारोङ गाउँपालिका भित्र अघिल्लो पटक वा गत वर्ष २०७७ साल चैत्र महिना देखि कोभिड १९ नियन्त्रण तथा रोकथाम सम्बन्धि विभिन्न क्रियालाप तथा कार्यहरू यस मुगुमकार्मारोङ गाउँपालिका , स्वास्थ्य शाखा , स्वास्थ्य सँस्था ,सुरक्षाकर्मी , वडाकार्यालय, जनप्रतिनिधि तथा अन्य संघ संस्था बाट भएका सहयोग माफर्त सबै समुदाय सजक रहँदा पनि पालिका बाहिर संक्रमण भर्इ आएका तथा स्थानिय रूपमै ११ जना संक्रमितभएका थिए ।साथै यस पालिकामा २०७७।०९।१४ गते सम्म ३५४५ जनालार्इ हेल्थ डेस्कमा जांच, क्वारेन्टार्इनमा ९७ जना लार्इ १४ दिन सम्म राखिएको,आसोलेशन मा ११ जना राखिएको ,पि सि आर् ३६८ जनाको गरिएको ,११ जना पोजेटिभ ,आर् डि टि ५४ जनाको गरिएको बिवरण रहेको छ ।निजहरू कर्मचारी तथा सुरक्षाकर्मी ,बैक कर्मचारी र एक जना जनप्रतिनिधि हुनुहुन्थ्यो । उक्त अवस्थासम्म समुदायमा संक्रमण फैलिएन र स्वाव संकलन , केस कन्ट्रयाक्ट ट्रेसिङ , एन्टिजिन टेस्ट जस्ता कामहरू जारी गरिरहँदा र स्थानिय समुदाय सजक , लकडाउन पालना जस्ता व्यबहारले अधिक संक्रमण फैलिन पाएन ।

यो वर्ष फैलिएको कोभिड १९ नयाँ भेरिएन्ट सहितको लहमा फरक लक्षण समेत भएको जोखिम समुह ज्येष्ठ नागरिक तथा अन्य रोगि का साथै २० देखि ५० वर्षका व्यक्ति , युवा युवती तथा स साना उमेर सम्मका व्यक्तिहरूमा देखिरहेको र दिनानु नयाँ रोगि र मृत्यु हुनेको संख्या बढिरहँदा थप जिम्मेवारी को महशुस भएको थियो । यसरी यस पालिकाको साविकका १२ करान भनिने गाउँहरू माग्री , मह, रिउस , सेरोग , दाउरा, पुवा, ताखा खारी, कार्ती किर्मी , दोल्फु चितै र मुगु गाउँ तथा क्षेत्री वस्ती भएको वडा न ९ समेतमा यो रोग फैलियो । लामा भाषामा रूगाखोकि लार्इ छ्यावा भनेजस्तै लक्षणका हिसावले सामान्य रूपमा समुदायले लिदा र सबै तह र तप्का बाट सकारात्मक संचार र व्बयस्था निगरानि हुन नसक्दा एकै चोटि पालिकामा महमारी चुलिएपनि त्यसको व्यबस्थापन गर्न प्रमुख भुमिका म र हामी स्वास्थ्य कर्मीको हो त्यसका लागि पालिकामा स्वास्थ्यकर्मी को टिम पिरचालन गरि त्यसको नेतृत्व गर्ने अवसर प्राप्त भएको महसुस भएको छ ।
२०७८ बैशाख २६ गतेबाट परिक्षण सुरू गरि हाल सम्म जम्मा६८८ जनाको एन्टिजिन परिक्षण विधिबाट जाच गर्दा २४३ जना विरामी देखिएका छन जसमा २३४ जना निको भएका र ४ जना होम आइसोलेसन मा रहेका छन।मृत्यु २ जना को भएको छ साथै ३ जनोको रिफर भएको छ। यध्यपी होम आइसोलेसनमा बस्दा पालना गर्नुपर्ने मापदण्डको पालना नहुदा एकै परिवारका धेरै सदस्यलार्इ संक्रमण भएको ठहर्छ । स्वास्थ्य कर्मीले चेकजाच गरि कोरोना पोजेटिभ विरामीलार्इ अलग्गै कोठामा सुत्ने , भिडभाड तथा परिवारका सदस्य बाट टाढा रहने, खाने भाडा वर्तन तथा प्रयोग गर्ने कपडा एक अर्काले प्रयोग नगर्ने , साबुन पानि तथा सेनिटार्इजरको प्रयोग नियमित रूपमा गर्ने र दिर्इएको औषधि र मास्क तथा स्वास्थ्य समाग्री को नियमित प्रयोग गर्ने भनि परामर्श गरेका हुन्छौ ।।व्यवहारत त्यस्तो नगरिएकले नियन्त्रणमा ढिलार्इ भएको हो ।

अनि सम्बन्धित स्वास्थ्य सस्थाको खोजपड्ताल तथा फलोअप टिमलार्इ दैनिक फफोअप गर्न लगाउछौ । कुनै पनि वेला स्वास्थ्य समस्या अएमा स्वास्थ्य कर्मी को सल्लाह लिन भन्छौं । हाल पालिकामा १ वटा केश र्इन्भेस्टिगेशन तथा खोजपड्ताल र ४ वटा खोज पड्ताल तथा फलोअप टिम बनाएका छौ । १४ दिन सम्म होम आइसोलेसन मा वसेर निको भएपछि उचित परामर्श गरि निको भएको रिपोर्ट दिन्छौ ।

सुरूमा चेक जाच गर्न पनि मान्नु हुन्थेन उहाहरूले यदी कोभिड देखिएमा छुट्टै बस्नुपर्ने वा आइसोलेसन मा लैजान्छन र त्यतै राख्छन भेट्न दिन्नन भनेर यसको लागि सामान्य लक्षण भएकाले घरमै आइसोलेसन मा वस्दा हुने र प्रत्येक विरामीलार्इ १४ वटा सम्म मास्क , एउटा साबुन ,एउटा रूमाल, र एक वोतल सेनसटार्इजर तथा सामान्य औषधि दिदा जाच गर्ने संख्या भने बढ्यो ।चेक जाचका क्रममा पोजेटिभ भएर जानोको मुहार हसिलो हुन्थ्यो ।
जति जस्तो जटिल विरामी भएनि साधन श्रोतका अभाव का बावजुत हामी ले हरेक विरामीको घर घरमा चेकजाचमा गर्न अप्ठेरो महशुश गरेनौ ।

नियन्त्रणमा चुनौती
१।यहाँ धैरै जसो बुदिष्ट तथा केहि क्षेत्रिको बसोवास रहेको छ , हरेक समुदायमा लामा , चुम्मा , वैजि धामी मान्ने प्रचलन छ । यसैमा धैरै जसोको धार्मीक कार्यमा धैरै लामा र चुम्माको उपस्थीति अनविार्य रहन्छ । र विरामीलार्इ यो पद्दति बाट उपचार झारफुक समेत गरिन्छ । यस वेला कोभिड रोकथामका मापदण्ड पालना हुदैनन, र एक व्यक्ति बाट निको हुदा सम्म धैरेमा सजिलै सर्न सक्छ । यसलार्इ न्युनिकरण गर्न धामी लामा ज्युहरूलार्इ पनि परमर्श र परिचालन कार्य गरिएको थियो ।
२।कृषि पेशामा जीवन निर्भर रहेका र विभिन्न आयोजनामा समुह बनार्इ ज्याला मज्दुरी गरिखाने र सामुहिक काममा प्रत्यक घरबाट सहभागीता हुनुपर्ने साथै समयमा काम नगरे पछि २ पैसा पनि कमाउन सकिन्न भन्ने चिन्ता ले कोभिड रोकथाम तिर ध्यान नगएको देखिन्छ ।यस कुराको स्थानिय प्रमुख प्रतिनिधि संग आवाज उठायौ ।।
३। हाल पालिका भित्र चिकित्सकको व्यबस्था नहुदा र कोभिड का कारणले कडा समस्या देखा परेकालार्इ उपचार तथा रिफरका लागि दक्ष चिकित्सक नहुदा चाहेजति विरामी लार्इ सस्थागत आइसोलेसन मा राखेर उपचार तथा निग्रानी गर्न कठिनार्इ लार्इ हाम्रो उपथिति नियमित गर्दे उपचारमा खटिएको कुरा चुनौती नै थियो । उक्त समस्या लार्इ हेरी स्वास्थ्य सेवा कार्यालयबाट एक जना चिकित्सक १५ दिनका लागि सेवामा नियमित खटिनुभएको थियो ।

कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि आगामी बाटो

१। संकास्पद रोगि पहिचान र चेकजाचका लागि हरेक टोलमा हेल्थ वा टिम सि टि सि एफ टिम नियमित परिचालन ।
२।कोभिड अस्पतालमा ,कोभिड १९ संक्रमण ,नियन्त्रण र रोकथामका लागि निशेध आज्ञाथप ।
३।सबै वडा कार्यालयको समन्वयमा र सुरक्षार्मीको सहयोगमा स्वास्थ्य सँस्था मार्फत कोभिड १९ संक्रमण ,नियन्त्रण र रोकथामका लागि समुदायमाआवस्यक क्रियाकलाप र्गर्ने र मापदण्ड अपनाउने ।
४ पालिका मा गठित स्वास्थ्य कर्मीहरूको ऋक्ष्ऋत् र ऋत्ऋँ विरामी खोज तथा अनुसन्धान टोली मार्फत निगरानी तथा परामर्श का कामहरू लगातार गर्ने ।
५ पालिकामा कोभिड चेकजाच का लागि चाहिने एन्टिजीन किट तथा भि टि एम किट, मास्क , सेनिटार्इजर , र अन्य कोभिड सस्ग सम्बन्धित सामाग्रीको को कमी हुन नदिने ।
६ पालिकामा चिकित्सकको व्यबस्थागरि संस्थागत आइसोलेसन विस्तार गर्ने ।र पालिकामा रहोको १० शैयाको कोभिड अस्पताल सुविधा सम्पन्न बनाउने ।
७ । कोभिड विरामीहरका लागि चाहिने विभिन्न औषधि तथा स्वास्थ्य उपकरणको व्यबस्था गर्ने ।
८। हरेक महामारी मा ज्यकत , भ्लखष्चयलmभलत बलम म्ष्कभबकभ को चक्र तोड्न सबैको भुमिका उत्तिकै रहेकाले यसको प्रचार प्रसार गर्ने साथै स्थानिय लामा । चुम्मा , धामीहरू मार्फत सकारात्मक सन्देशमुलक कार्यक्रम गर्ने ।
८। स्वास्थ्य क्षेत्रलार्इ पहिलो प्राथिकतामा राखेर योजना बनाउने , कार्यन्वयन गर्दैजाने । साथै कोभिडबाट ज्यान गुमाउने तथा विरमि भर्इ क्षती व्यहोर्ने परिवारका लागि राहाद मुखि कार्यक्रम अगाढी बढाउने ।

९।पालिका बाट रिफरल विरामीहरको दर बढी रहेकाले सबै जनताको स्वास्थ्य विमा गर्ने व्यबस्था मिलाउने । र एक जना चिकित्सकको व्यबस्था गर्ने ।
१० पालिका वाट २० कोष सम्मका विरामीहरू २ दिन मान्छेले नै बोकि जिल्ला अस्पताल तथा गमगढी पुरयाउनु पर्ने जोखिम कम गर्न हेलि उद्दारको व्यबस्था मिलाउन पहल गर्ने ।

अन्तमा
म स्वयं पनि वैषाख महिना को मध्यमा कोभिड पोजेटिभ भएर आइसोलेसन मा बस्नु परेनि ओछ्यान देखि पार्इला पार्इलामा लगातार कोभिड नियन्त्रणकै काममा छु । डटिरहेको छु । सके सबै बचाउ नसके नि काममा नहिच्किचाउ भन्ने भाव जाग्छ । यो विषम परिस्थितिको वेला दुरदराजका सबै व्यक्तिहरूको सेवा गर्ने अवसर पनि हो । दुर्गम भनेर चिनिने करान तथा मुगु गाउँ हाम्रो साझ विहानको कार्यथलो भएको छ। मेरो एउटा अठोट रहन्छ बसेको भुर्इमा झार बढन नदिन खटिरहने जागिरको अवधिमा स्वास्थ्य चौकी माग्री मा ठुलो योगदान दिए जस्तो लाग्छ ।यसै गरि जिल्ला स्वास्थ्य कार्यालयमा पनि चार वर्ष जतिको कार्यकाल मा धैरै अवसर र चुनौती देखा परे । दुर्गम को सेवा छातिमा राख्न कै लागि प्रदेश बाट स्थानिय तहमा समायोजन हुने र्इच्छा लाग्यो । स्वास्थ्य कार्यालयमा रहदा खत्याड भेगमा नेपालकै बढी मलेरिया फैलिरहेको अवस्थामा खटिएर २ वर्षमा कन्ट्रोल भएको थियो ।
यहि अनुभव र एक आपस मा मिलेर काम गर्न सक्रिय रहेमा जुनसुकै महामारीबाट पनि डराउनु पर्दैन भन्ने सिधान्तका साथ हाल पालिका मा रहैको स्वास्थ्य जनशक्तिको टिम को नेतृत्व गर्दै कोभिड को नियन्त्रणमा लागेकोछु । यस कोभिड १९ नियन्त्रणमा संगै काम गरेर सहयोग पुरूयाउने सहयोग सबै स्वास्थ्य चौकि प्रमुख , ऋक्ष्ऋत् रऋत्ऋँ टिमका सबै सदस्यहरू , सबै नर्सिङ , पारमेडिक्स , सहयोगी स्टाफ मा हार्दिक कृतज्ञता व्यक्त गर्न चाहान्छु । अन्तमा यस मेरो जेम्मेवारीको पृष्ठपोषण गरि उर्जा थप्नु हुने पालिका का अध्यक्ष , उपाध्यक्ष , प्रमुख प्रशासकिय अधिकृत , सम्पुर्ण जनप्रतिनधि ज्यु हरू र विषयगत शाखा प्रमुख सबै सहकर्मीहरूमा धन्यबाद व्यक्त गर्न चाहान्छु ।

बलि बहादुर बुढा
जनस्वास्थ्य निरिक्षक

 

 

प्रतिकृया दिनुहोस्