OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २६, २०७८जुम्ला,
६८७ पटक

साउन २६ गते । यहाँको तिला गाउँपालिकामा सिमी जोन कार्यक्रम संचालन गर्न सिफारिस गरिएको छ ।
स्याउ सुपरजोन परियोजना कार्यक्रम अन्तरगत सिमी जोनको रुपमा जिल्लाको तिला गाउँपालिकालाई बिस्तार गर्न जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समिति वैठकले सिफारिस गरेको हो । जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाको अध्यक्षतामा बसेको वैठकले कृषि प्राविधिकहरुको प्रतिवेदन अनुसार तिला गाउँपालिका छनौट गर्ने निर्णय गरको हो ।

यसैगरी वैठकले स्याउ जोन लागु हुन वाँकी पातारासी गाउँपालिकाको वडा नम्बर १,२ ३ र गुठिचौरको १ र २ मा स्याउ सुपरजोन कार्यक्रम लागु गर्ने निर्णय समेत गरिएको स्याउ सुपरजोन परियोजना इकाई कार्यालयले जानकारी दिएको छ ।
स्याउ पुपर जोन परियोजना यस अघि जुम्लाको चन्दननाथ, तातोपानी, गुठिचौर र पातारासी क्षेत्रका अन्य वडामा काम भईरहेको स्याउ सुपरजोन कार्यालयले जानकारी दिएको छ । कार्यालय प्रमुख गंगा पोख्रेलका अनुसार यस अघि सुपरजोनले सिञ्जा क्षेत्रमा स्याउ सुपरजोनमा काम गर्न सिफारिस गरिएको जानकारी दिनुभयो । उहाँले थोरै जनक्तिले सुपरजानमा काम भईरहेको भन्दै स्थानीय तह र सम्वन्धित सरोकारवाला कार्यालय मार्फत काम गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । सिफारिस गरिएका कार्यक्रमहरु स्विकृत भने केन्द्रले गर्नुपर्ने स्याउ सुपरजोन परियोजना कार्यालयले जानकारी गरेको छ ।

वैठकमा जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले जुम्लालाई कृषि क्षेत्रमा अब्बल बनाउन सुपरजोन कार्यक्रम प्रभावकारी हुदै आएकाले तिला गाउँपालिका दलहन जोनका लागि सिफारिस भएकोमा थप राम्रो भएको बताउनुभयो । उहाँले अव सिञ्जाका ३ वटा तहमा पनि स्याउ सुपरजोनको कार्यक्रम अगाडि बढाउन संघीय सरकारले प्रथामिकता दिने विश्वास भएको बताउनुभयो ।

लामो समय देखी क्षेत्र (क) मा काम गरिरहेको सुपरजोनले पछिल्लो समय बृहत चक्लाबन्दी बगैचा घेरवार सिँचाई, स्याउ कार्टन उपलब्ध गराउने काम गर्दै आएको छ । यता क्षेत्र नम्बर (ख) मा भने कार्यक्रम संचालन गर्नुपर्नेमा माग हुदै आएको छ । क्षेत्र (ख) अन्तरगत हिमा, सिञ्जा, कनकासुन्दरी र तिला गाउँपालिका पर्दछन् । जिल्ला परियोजना समितिले तिलामा सिमी जोन र अन्य ३ वटा गाउँपालिकामा स्याउ कार्यक्रमका लागि सिफारिस गरेको छ । समितिको वैठकमा जिल्ला समन्वय उपप्रमुख  कार्यक्रम लागु भएका गाउँपालिकाका प्रमुखहरु, सरोकारवाला कार्यालयहरुका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्