

साउन २२ गते । कर्णाली प्रदेशका प्रमुख गोविन्द प्रसाद कलौनी कर्णाली भ्रमणको क्रममा जुम्ला पुग्नु भएको छ ।
प्रदेश प्रमुख कलौनीले जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा गरिएको अन्तरक्रियामा मुलुक कोभिड १९ को मारमा भएकाले थप समस्याबाट जोगिन आवश्यक थप पूर्वाधारमा जुटनुपर्नेमा जोड दिनुभयो । उहाँले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्थापनाकाल देखी हाल सम्म लक्ष्य पुरा गर्न गरिरहेको कामका लागि प्रतिष्ठानको टिमलाई धन्यवाद दिदै कोभिडमा गरेको काम भन्दा माथी उठेर महामारीको थप पूर्वाधारमा लाग्न प्रतिष्ठानलाई निर्देशन गर्नुभयो । कर्णाली प्रतिष्ठानले प्रदेश प्रमुख कलौनीलाई गरेको स्वागत तथा अन्तरक्रियामा प्रतिष्ठानको लक्ष्य पुराका लागि शुभकामना समेत दिनुभयो ।
यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो स्थापना कालदेखी हालसम्म भईरmहेका गतिविधिहरु र प्रगतिको प्रस्तुतिकरण गरेको छ । प्रतिष्ठानका शिक्षाध्यक्ष डाक्टर निरेश थापाले गर्नुभएको प्रस्तुतिकरणमा प्रतिष्ठानले ६० हजार बिरामीको यस बर्ष सेवा गरेको जानकारी दिनुभयो । उहाँले कोरोनाले ओपिडि केही समय वन्द भएपछि बिरामी घटेपनि स्थापना कालदेखी तीनगुणा विरामीको सेवा प्रतिषठनले गरेको जानकारी गर्नुभएको हो । प्रस्तुतिकरणमा प्रतिष्ठानको ३०० शैयाबाट ५०० शैयाको क्षमताको तयारी भईरहेको, शिक्षामा एमविविएस अध्ययन स्विकृत देखी विभिन्न विधाका बिषयहरु पढाई हुने देखी कर्णालीको स्वास्थ्य अनुसन्धानको बिषयमा जोड दिनुभयो ।
शिक्षाध्यक्ष डाक्टर थापाले प्रतिष्ठानले दैलेखको राकममा समेत अस्पताल स्थापना गर्ने लक्ष्य लिएको भन्दै यसमा आफ्नो तर्फबाट सहयोग गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्नुभयो । अर्को जुम्लामा स्थायी विधुत, फोहोर व्यवस्थापन, सडक संजाल र कनेक्टीभिटी, ईन्टरनेट र कर्मचारीहरुका लागि सेवा सुविधाका बिषयमा चुनौति रहेकाले यसमा सहयोग पुरयाउन अनुरोध गर्नुभयो ।
प्रदेश प्रमुख कलौनीले कर्णाली प्रतिष्ठानको स्तरबृद्धिका लागि तिनवटै सरकारमा समन्वय तथा ध्यानाकर्षण गराउने बताउनु भयो । उहाँले यस काममा लाग्ने सम्पूर्णलाई धन्यवाद दिनुभयो । अन्तरक्रियामा जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्की, नेपाली सेना २४ नम्बरका बाहिनीपति यामबहादुर सापकोटा, सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाई, प्रतिष्ठानका विभिन्न विभागका प्रमुखहरु र पत्रकारहरुको सहभागिता रहेको थियो ।
प्रदेश प्रमुख कलौनीले जुम्लाका संघीय सरकारका कार्यालय प्रमुखहरु सँग सूझाव संकलन तथा कर्णाली प्राविधिक शिक्षालयको समेत अनुगमन गर्नुभएको प्रेस संयोजक दिपेन्द्रवलीले जानकारी दिनुभयो ।
क्याप्सन ः कर्णाली प्रदेश प्रमुख गोविन्द प्र. कलौनी जुम्लामा अन्तरक्रिया तस्बिर नेत्र शाही जुम्ला







