OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २१, २०७८सुर्खेत
४६९ पटक

२१ साउन २०७८, बिहीबार

जिल्ला प्रहरी कार्यालय सुर्खेतले अवैध मालसमान ओसोरपसार कार्यमा संलग्नहरुलाई कडाई गरेको प्रहरीले भन्सार छलेर अवैध तरिकाले विभिन्न जिल्लामा मालसमान भित्र्याउने कार्यमा संलग्नलाई धमाधम समात्न थालेको हो ।

प्रहरीले यो एक साताभित्र नेपालगञ्जदेखि छिन्चुतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ख ००१२ बसमा लोड गरेको रु.एक लाख ६५ हजार ६५७ को अवैध मालसमान, क.प्र.००२ ख.०१०९ बसमा राजश्व छली गरी अवैधरुपमा ल्याईएको रु.तीन लाख २४ हजार १० र चितवनबाट सुर्खेततर्फ आउदै गरेको प्रदेश नं.३–०१०२३ च. ७१४२ नम्बरको जीपमा राजश्व छली ल्याईएको रु.दुई लाख ८५७ बराबरको अवैध मालसमान बरामद गरेको थियो ।

दाङदेखि जाजरकोटसम्म रा.१.क ३७ नम्बरको मिनि ट्रकमा राजश्व छली अवैधरुपमा लिँदै गरेका रु.तीन ९६ हजार, नेपालगञ्जदेखि सुर्खेतसम्म क.प्र.०२००१ ख. ०३५१ नम्बरको ट्रकमा ल्याउँदै गरेको रु.पाँच लाख ६८ हजार ३९९ को अवैध सिमेन्ट सरिया, नेपालगञ्जदेखि भे.१.ज ९४३ नम्बरको जीप र ना.८.ख १३७ नम्बरको फोर्स गाडीमा ल्याईएको रु.सात लाख ६६ हजार ८० बराबरको अवैध मालसमान बराम गरिएको जिल्ला प्रहरी प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिनुभयो ।

त्यस्तै, काठमाडौँदेखि जुम्ला जाँदै गरेको ना.६.ख ६३३८ नम्बरको बसबाट रु.४० लाख २६ हजारको अवैध मालसमान बरामद गरिएको प्रहरी उपरीक्षक विष्टले बताउनुभयो ।

“हामीले बुधबारसम्म अवैधरुपमा कर छली गरेर ओसारपसार गरिएको कुल जम्मा रु.६८ लाख ३४ हजार ४७९ बराबरको अवैध मालसमान बरामद गरेका छौं,” उहाँले भन्नुभयो, “त्यसमा संलग्न आठजना सवारी चालकहरुलाई पक्राउ गरी अनुसन्धान कार्य थालिएको छ ।” राज्यलाई कर छली गरी अवैध मालसमान ओसारपसार गर्नेहरुलाई उच्च निगरानी राख्ने काम गरिएको उहाँले बताउनुभयो ।

यता जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले अदालतको फैसला कार्यान्वयन अभियान अनुसार गएको सातासम्म २२ जना फरार प्रतिवादीहरु पक्राउ गरेको उहाँले जनाउनुभयो । प्रहरी नायब उपरीक्षक घर्तीका अनुसार पक्राउ पर्नेमा ५ महिला १७ पुरुष रहेका छन् । उनीहरुलाई २२ वर्ष आठ महिना २८ दिन कैद र ५९ हजार १०० जरिवाना तोकिएको छ ।

त्यस्तै, लागुऔषध ब्राउन सुगरसहित १३ जनालाई पक्राउ र ६७ ग्राम ५१० मिलिग्राम लागुऔषध प्रहरीले बरामद गरेको छ । “यो साताभित्र २९७ भाँडा वर्तनसहित नौ हजार १६२ लिटर तयारी तथा १६ हजार १८ कच्चा अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरिएको छ,” उहाँले भन्नुभयो, “२२० ग्राम गाँजा पनि बरामद गरिएको छ ।”

त्यस्तै, सुर्खेत प्रहरीले जुवाखालबाट रु.दुई लाख १४ हजार ९७० बरामद गर्नुका साथै एक महिलासहित आठ जुवाडेलाई पक्राउ गरेको छ । रु.एक लाख २३ हजारको ६१.५ क्यूफिट साल सिसौको काठसहित दुई जनालाई पक्राउ गरी आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय सुर्खेतमा पठाईएको पठाईएको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्