OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २१, २०७८सुर्खेत
१०१३ पटक

२१ साउन २०७८, बिहीबार

कर्णाली राजमार्गको दैलेख सडक खण्डको रामघाटमा आज यात्रुवाहक बसले जीपलाई ठक्कर दिँदा सात जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दैलखेका अनुसार ठाटीकाँध गाउँपालिका दैलेखदेखि सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०२०४ नम्बरको जीपलाई नेपालगञ्जबाट मुगु तर्फ जाँदै गरेको ना ६ ख ७४१ नम्बरको बसले चामुण्डाबिन्द्रासैनी नगरपालिकाको रामघाट भन्ने स्थानमा ठक्कर दिएको थियो ।

बसको ठक्करबाट घाइते हुनेमा जीपमा सवार तीनजना बालबालिकासहित सात जना रहेको जिप्रका दैलेखका प्रहरी निरीक्षक राजेश साहुले जानकारी दिनुभयो । घाइते हुनेमा ठाटीकाँध गाउँपालिका–३ बस्ने २१ वर्षीय मनिषा सारु मगर, २१ वर्षीय कल्पना तारामी मगर, २८ वर्षीय हिमाल बोगटी, नौ वर्षीय जीवन बोगटी, सात वर्षीय कमला लामिछाने, एक वर्षीय लिजा आलेमगर रहेका छन् ।

सो ठक्करबाट कैलालीको घोडाघोडी नगरपालिका–२ बस्ने २४ वर्षीय खगेन्द्र अधिकारी पनि घाइते भएका छन् । प्रहरी निरीक्षक साहुका अनुसार घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरुको कर्णाली राजमार्गमै रहेको साङलेतडास्थित स्थानीय मेडिकलमा उपचार भइरहेको छ । बस, जीपसहित सवारी चालक दुवैलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्